एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै « Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय कमिटीको बैठक बिहीबार बस्दैछ । बुधबारदेखि सुरु भएको तेस्रो पूर्ण बैठक आज पनि जारी रहने छ ।

बुधबार बैठकको पहिलो दिन अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पेश भएको छ । अध्यक्ष नेपालको प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ । अध्यक्ष नेपालले कम्युनिष्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट आधार नभएसम्म एकता सम्भव नभएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

शुक्रबारसम्म चल्ने बैठकमा पार्टी पुनर्गठन कार्ययोजना, नेतृत्व हस्तान्तरण र रुपान्तरणका विषयमा छलफल हुनेछ । बैठकमा पार्टीको वैचारिक दृष्टिकोण र सैद्धान्तिक विषयमाथिसमेत बहस हुनेछ ।

बैठकले जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै आवश्यक कार्यक्रम अनुमोदन गर्ने छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ७ : २७ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी