काठमाडौंबाट धनगढी जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते « Khabarhub

काठमाडौंबाट धनगढी जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका- १ बनकसबासमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट धनगढी जाँदै गरेको बा.प्र.०१-००६ ख ८५०६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटमा पाँच जना घाइते भएका छन्।

पैदल यात्रुलाई ठक्कर दिएपछि अनियन्त्रित भएको बस सडकमा पल्टिएको हो । दुर्घटनामा पैदल यात्रुको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको बताएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ७ : ५९ बजे

तीन नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह : जसरी भएपनि निर्वाचन सफल पारौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई

विदेशी योजनामा नयाँ पार्टी बनेको लिङ्देनको आरोप

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको योजना

राप्रपाले डाक्यो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने

काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय

गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन