काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा (तस्बिरहरू) « Khabarhub

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा (तस्बिरहरू)


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

पश्चिमी वायुको सक्रिय प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव देशैभरी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भूभागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भूभागमा सामान्य बदली रहनेछ ।

कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १० : ०९ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि