गृहमन्त्री हटाउन दबाब आएको भन्ने समाचार भ्रमपूर्ण : प्रधानमन्त्रीको सचिवालय  « Khabarhub

गृहमन्त्री हटाउन दबाब आएको भन्ने समाचार भ्रमपूर्ण : प्रधानमन्त्रीको सचिवालय 


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचार भ्रमपूर्ण रहेको जनाएको छ ।

सचिवालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएको उल्लेख गर्दै कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने स्पष्ट पारेको छ ।

विज्ञप्तिमा जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप वर्तमान सरकार गठन भएको स्पष्ट पार्दै अहिलेको असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा सङ्गठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिइरहेका उल्लेख छ ।

अहिलेको संवेदनशील परिस्थितिमा अफवाह नफैलाउन र नपत्याउन पनि सचिवालयले सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १० : ५२ बजे

प्रधानमन्त्री कार्कीसँग देउवा, ‌ओली र प्रचण्डको छलफल

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी

‘बाजिगर’ र ‘डर’ मा शाहरुखको भूमिकाबाट प्रभावित थलापथी विजय

काठमाडौं– बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो फ्लिम करिअरमा केही यस्ता

प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला

काठमाडौं– खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको क्षमता विकासलाई अझ

हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम

चितवन– चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आइतबार

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैन : मन्त्री घिसिङ

काठमाडौं–  शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न