काटेर सुकाएकै ठाउँमा भिज्यो धान « Khabarhub

काटेर सुकाएकै ठाउँमा भिज्यो धान


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

दोलखा– यति बेला जिल्लाका अधिकांश बेँसी खेतमा पहेँलै धान पाकेर झुलिसकेको छ । गत असारमा लगाएको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नपाएपछि जिल्लाभरका किसान चिन्तित देखिएका छन् ।

जेठ अन्तिम साता देखिनै रोपाइँ हुने दोलखाका बेँसीहरूमा यति बेला विभिन्न रैथाने तथा गैररैथाने जातको धान पाकिसकेको छ ।

कतिपय किसानले उन्नत जातको हाइवेर्ड धान काटेर भित्र्याएका छन् भने,धेरैजसो किसान तिहार लगत्तै धान काट्ने तयारीमा थिए ।

तर गत सोमबारदेखि मौसममा आएको परिवर्तनले जिल्लाका किसानले धान काट्न सकिरहेका छैनन् । जिल्लामा यस वर्ष दुई हजार नौ सय १४ हेक्टर क्षेत्रमा धान रोपाइ भएकोमा हालसम्म करिब ३० प्रतिशत खेतमा मात्रै धान काटेर सकिएको पाइएको छ ।

 किसानले दुई दिन अघि काटेको धानसमेत वर्षाद र  धुम्म मौसमको कारण भित्र्याउन पाएका छैनन् । मंगलबार बिहानदेखि परेको सामान्य वर्षाले धान भिजाएपछि किसानले खेतका आलिमै धानको निहिन छाडेका हुन् ।

जिल्लाको वैतेश्वर-३ मजुवा बेँसीका दर्जनौँ किसानले अहिले काटेको धानलाई वर्षाबाट जोगाउन एकैठाउँमा थुपारेर पालले छोपेर राखेका छन् ।

त्यसैगरी खेतमा पाकेर पहेँलपुर भएको धानबालीलाई आकाशमा बादल लाग्ने र पानी पर्ने क्रम चलिरहेकाले कतिबेला काट्ने भन्ने चिन्ताले अहिले वैतेश्वर-६ का कुमार तामाङलाई पनि सताइरहेको छ ।

यहाँको वैंती बेँसीमा विगत २ दिनदेखि काटेको धान खेतका आलिमै रोकिएर बसेको देखिन्छ ।

मौसमविद्ले तत्काल धान काट्न तथा नकुट्न किसानहरूलाई दिएको मौसम जानकारी अनुसार आफूहरू अन्योलमा परेर काटेको धान पनि भित्र्याउन नसकेको स्थानीय रामबहादुर राउतले बताए । 

तामाकोशी-१ भिरकोट तल्लो बेँसीमा पनि पानी परेरे धान भिजेको स्थानीय लक्ष्मन केसीले बताए । दर्जनौँ किसानले धान काटेर सुकाइरहेको निहिनमै पानी परेपछि धान भिजेको हो । जिल्लाका ९ वटै स्थानीय तहका तल्लो क्षेत्रमा धान खेती हुने गरेको छ ।

मुख्यगरि भिमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका, तामाकोशी, कालिञ्चाेक र वैतेश्वर गाउँपालिकामा धेरै धान खेती हुने गरेको छ । भने गौरीशंकर, शैलुङ गौरीशंकर लगायतका क्षेत्रमा पनि धान खेती हुँदै आएको छ ।

समग्रमा गत वर्ष जिल्लाभर य ७ हजार ९ सय ४९ मेट्रिक टन धान उत्पादन भएको थियो । सुवाश बस्नेत /दोलखा

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ११ : ३० बजे

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१