शिवम् सिमेन्टको नो कम्प्रोमाइज अन्तर्गतको चौथो भिडियो सार्वजनिक « Khabarhub

शिवम् सिमेन्टको नो कम्प्रोमाइज अन्तर्गतको चौथो भिडियो सार्वजनिक


१३ कार्तिक २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवम् सिमेन्टले चर्चित ब्राण्ड क्याम्पेन क्वालिटीको मामलामा नो कम्प्रोमाइजअन्तर्गतको चौथो भिडियो सार्वजनिक गरेको छ ।

जहाँ एक जना जिम्मेवार डाक्टर जसले आफ्नो पारिवारिक भ्रमणमा निस्कनै लाग्दा आकस्मिक आएको बिरामीलाई अप्रेसन गरी आफ्नो जिम्मेवारीलाई पुरा गरेको देखाउँदै जिम्मेवारीको मामलामा नो कम्प्रोमाइज भन्ने सन्देश देखाइएको छ ।

 यस अघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत कर्तव्यको मामलामा नो कम्प्रोमाइज भन्ने भिडियो सामग्री प्रस्तुत गरिएको थियो ।

त्यस्तै दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत सतर्कताको मामलामा नो कम्प्रोमाइज भन्ने सन्देश दिन खोजेको छ । यो भिडियोले विश्वास पात्रहरूबाट हुनसक्ने धोका, छलकपट बारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको थियो । 

तेस्रो भिडियोमा जहाँ हाम्रो जीवनमा हुने एक एक सेकेन्ड समयको महत्वलाई दर्साउन दुई साथीबीच एक जना समयमै आफ्नो यात्राको लागि एयरपोर्ट पुगी सकेको र अर्को एक जना आफ्नो जहाज उडान समय डिले हुने भन्दै निर्धारित समयसम्म घरै बसेको तर जहाज समयमै उड्न लागेको कुरालाई समयसँग जोडेर समयको मामलामा नो कम्प्रोमाइज भन्ने सन्देश देखाइएको छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  १२ : ११ बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका