कात्तिक शुक्ल नवमी : कुष्माण्डा नवमी पर्व मनाइँदै « Khabarhub

कात्तिक शुक्ल नवमी : कुष्माण्डा नवमी पर्व मनाइँदै


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक वर्ष कात्तिक शुक्ल पक्ष नवमी तिथिका दिन मनाइने कुष्माण्डा नवमी पर्व आज अमला र पिपलको पूजा गरी मनाइँदै छ ।

कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्छन्। यो दिन अमला अथवा पिपलको विवाह गरिदियो भने पुण्य प्राप्त भएर जन्मान्तरसम्म पनि नाश हुँदैन भन्ने विश्वास रहिआएको छ ।

यो दिन अमलाको बोटबाट अमृत प्राप्त हुने भएकाले प्रत्येक व्यक्तिले अमलाको पूजा गर्नु उत्तम मानिन्छ । अमलाको पूजा गर्दा पूर्वाभिमुख भएर जल, चन्दन, अक्षता, फूललगायत सामग्रीले पूजाअर्चना गर्नुपर्छ । पूजा गरिसकेपछि पहेँलो धागोले अमलाको रूखको परिक्रमा गराइन्छ । 

आयुर्वेदिक औषधीका रूपमा उपयोग गरिने अमला अमृत मानिन्छ । त्रिफला चूर्ण बनाउँदा आवश्यक पर्ने तीन जडिबुटीमध्ये अमला एक हो । हर्रो, बर्रो र अमला मिलाएर बनाइने त्रिफला चूर्ण धेरै रोगको उपचारमा प्रयोग गरिने आयुर्वेदिक चिकित्सक डा. वंशदीप शर्मा खरेलले बताए।

पद्मपुराण अनुसार कात्तिक शुक्ल नवमीको दिन द्वापर युगको आरम्भ भएको थियो । यसै दिन भगवान् विष्णुले कुष्माण्ड नाम गरेको दैत्यको वध गर्नुभएको हुनाले यो दिनलाई कुष्माण्ड नवमी भनिएको खरेलले बताए। कुष्माण्ड दैत्यको शरीरबाट कुभिन्डो उत्पन्न भएकाले यो दिन कुभिन्डो दान गर्नाले अनन्त कोटि फल प्राप्त हुन्छ । 

आजको दिन कुभिन्डो, सुन, चाँदी, पहेँलो कपडा, तामाको भाँडामा तिल राखेर दान गर्ने व्यक्तिले आफूले चिताएको फल प्राप्त गर्ने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले बताए। कुष्माण्डा नवमीका अवसरमा आज मकवानपुरमा रहेको कुष्माण्डा सरोवरमा मेला लाग्ने गर्दछ ।
 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १२ : ३६ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर १७ गते बुधबार तदनुसार

आज २०८२ साल मंसिर १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १७ गते बुधबार तदनुसार

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा

पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद

बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय

काठमाडौँ– बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन