शंकर पोखरलले भने- न्यायालयमाथि आक्रमण गरेर कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भयो « Khabarhub

शंकर पोखरलले भने- न्यायालयमाथि आक्रमण गरेर कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भयो


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरलले जेन-जी आन्दोलनका क्रममा नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भएको बताएका छन् । 

प्रेस चौतारी दाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेले जेन-जी आन्दोलनमा घुसपैठ गरी न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्र भएको बताए ।

आन्दोलनमा नाममा न्यायालयमाथि आक्रमण हुन सामान्य घटना नभएको उनको भनाइ छ । 

महासचिव पोखरेलले जेन–जी आन्दोलनमा उठाइएका माग जायज भए पनि राष्ट्र विरोधी स्वार्थी तत्त्वले घुसपैठ गरेका कारण ठूलो जनधनको क्षति भएको जिकिर गरे ।

उनले वर्तमान सरकारले गैह्र सरकारी संस्थालाई जेन–जी आन्दोलनको स्टेक होल्डर बनाउनु संविधान विपरीत भएको टिप्पणी गरे ।

आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावलाई समेत असर पुराउन सक्ने बताए ।

जेन-जी आन्दोलनको छानबिनका लागि बनेको आयोगका पदाधिकारीले आन्दोलनकारीलाई उकास्ने काम गरिसकेकाले निष्पक्ष छानबिन नहुने उनले बताए । 

गौरीबहादुर कार्कीले नैतिक हिसाबले राजीनामा दिनुपर्ने उनको तर्क छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १२ : ५७ बजे

सोमबारदेखि मानव अधिकार महाभेला

पाटन– मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गरी नागरिक समाजका तर्फबाट

क्यानका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश 

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी जेल चलान

चीनमा ऊर्जा र उच्च-प्रविधिको विस्तारले अर्थतन्त्रलाई नयाँ गति

बेइजिङ– चीनको अर्थतन्त्र सन् २०२५ को अन्त्यतिर पनि मजबुत देखिएको

‘विमान यात्रु बोकेर गन्तव्यमा पुर्‍याउने माध्यम मात्र होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप हो’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आजको विमान