‘माधव नेपाल असफल भइसके, माओवादीसँग मिलेर कुनै चमत्कार हुँदैन’ « Khabarhub

‘माधव नेपाल असफल भइसके, माओवादीसँग मिलेर कुनै चमत्कार हुँदैन’


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि कडा प्रहार गरेका छन्।

उनले नेपाल पार्टी सञ्चालनमा पूर्ण रूपमा असफल भएको र उनको गलत कार्यदिशाका कारण पार्टी कमजोर बनेको आरोप लगाएका छन्।

काठमाडौंमा दुई दिनदेखि जारी नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै खनालले भने, ‘माधव नेपालले पार्टी सञ्चालन गर्न सकेनन्। उहाँ अयोग्य हुनुभयो। पार्टी ठीक ढंगले चलाएको भए आज हामी एमालेसँग तुलना गर्ने स्थिति मा हुन्थ्यौँ।’

खनालले पार्टीले आफ्नो मुख्य लक्ष्य गुमाएको बताए। ‘अहिले हाम्रो मुख्य निशाना के हो, कसैलाई थाहा छैन। हामी माओवादीसँग मिलेर केही पनि गर्न सक्दैनौँ। यी दुवै दल एउटै ड्याङका दुई मुला हुन्,’ उनले टिप्पणी गरे।

माओवादीसँग मिलेर कुनै नयाँ क्रान्ति सम्भव नरहेको उनले बताए । ‘माओवादीसँग पनि तलदेखि माथिसम्म नयाँ विचार छैन। कुनै चमत्कार हुनेवाला छैन,’ उनले भने, ‘भदौ २४ गतेजस्तै अर्को महाविनाश भए पनि आश्चर्य मान्नु पर्ने छैन।’

खनालले एमालेबाट अलग हुँदा पार्टीले क्रान्तिकारी दिशा लिने भनिए पनि त्यसो हुन नसकेको बताए। ‘हामीले एमालेबाट विद्रोह गरेपछि गलत कार्यदिशाको शिकार भयौँ। माधव नेपालले पार्टीलाई दक्षिणपन्थी बाटोमा लगे,’ उनले भने।

उनले निर्वाचन परिणामलाई पार्टीको विफलताको प्रमाणका रूपमा प्रस्तुत गरे। ‘२०७९ को स्थानीय तहको चुनावमा हामीले कांग्रेसको पुच्छर बनेर ६ लाख मत पायौँ। प्रतिनिधिसभामा झरकेर २ लाख ९४ हजार भोट मात्र ल्यायौँ,’ उनले भने, ‘यदि हामी एक्लै लडेको भए १२ लाख भोट ल्याउँथ्यौँ।’

खनालले माओवादी र एमालेबीचको वैचारिक साटासाटले कम्युनिस्ट आन्दोलन कमजोर बनाइरहेको आरोप पनि लगाए। ‘माओवादीको प्रचण्डपथ र एमालेको बहुलदलीय जनवादबीच सट्टापट्टा हुँदैछ। एमालेले जबज छाड्दैछ, माओवादीले माओवाद र प्रचण्डपथ छाड्दैछ,’ उनले भने।

उनले पार्टीका नेताहरूमाथि पनि जनसेवाको आदर्श छोडेर व्यक्तिगत स्वार्थतिर लागेको आरोप लगाए। ‘हामी जाली होइनौँ, कम्युनिस्ट व्यापारी होइनौँ। व्यापार त पुँजीपतिले गर्छन्, कम्युनिस्टहरू जनसेवक हुन्,’ खनालले भने।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  २ : ०० बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक