माधवलाई झलनाथको शुभकामना : माओवादीकै पछि लाग्न मन भए जानुस् « Khabarhub

माधवलाई झलनाथको शुभकामना : माओवादीकै पछि लाग्न मन भए जानुस्


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई स्पष्ट सन्देश दिएका छन् । ‘क्रान्तिकारी पार्टी बनाउन छोडेर माओवादीकै पछि लाग्ने हो भने जानुस्,’ दुई दिनदेखि जारी पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै खनालले यस्तो भने ।

खनालले हालको राजनीतिक परिस्थिति र पार्टीको कमजोरीमाथि कडा टिप्पणी गर्दै यो एकीकरणको बेला नभएर पार्टी निर्माण र वैचारिक सुदृढीकरणको बेला भएको सम्झाए ।

‘अहिलेको अवस्था क्रान्तिकारी पार्टी बनाउने बेला हो, एकीकरणमा जानु ठीक समय होइन,’ उनले सम्बोधनका क्रममा भने।

उनले जेन-जी आन्दोलनको उथलपुथललाई राजनीतिक नेतृत्वको असफलतापछि उत्पन्न असन्तोषको संज्ञा दिए । यो भयानक असफलताको जिम्मेवारी हरेक दलका नेतृत्वले लिनपुर्ने उनले बताए ।

‘जेन-जीले डिस्कोर्डमार्फत् लाखौँ मान्छे सडकमा उतारे। दुईतिहाइ वा अन्य कुनै पनि सरकारले भूमिसुधार गरेन, कृषिक्रान्ति ल्याउन सकेन। जनतासँगको दूरी बढ्दा असन्तोष विस्फोट भयो,’ खनालले टिप्पणी गरे।

खनालले पार्टीभित्रको कमजोर संगठन, मार्ग निर्देशको अभाव र सत्ताको खोजीले पार्टीलाई कमजोर बनाएको आरोप लगाए।

‘हामीले यति मिहिनेत गर्दा पनि पार्टी बनाउन सकेनौँ। आफैं गर्न नसक्दा अरुलाई आह्वान गरेर हुँदैन,’ उनले भने। खनालले २०७९ को निर्वाचन परिणाम र पछिका असन्तुष्टिलाई पनि पार्टीको विफलताको संकेतको रूपमा उभ्याए।

उनले अध्यक्ष माधवकुमार नेपालप्रति पनि सिधा आरोप लगाउँदै पार्टी प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेका कारण संकटमा परेको बताए।

‘माधव नेपालले गलत कार्यदिशा समात्नु भयो। यदि उहाँ पार्टी ठीकले चलाउन सक्नु भएको भए आज हामी एमालेसँग तुलना गर्न सक्षम हुन्थ्यौं,’ खनालले भने।

उनले पार्टीभित्र कुनै पनि किसिमको शत्रुता आफूले नचाहेको पनि बताए । ‘यदि तपाईंहरू माओवादीसँग एकीकरणमा जान चाहनुहुन्छ भने जानुस्, म शत्रुता मोल्न चाहन्न’, उनले भने, ‘निर्णय तपाईंहरूको हो । केन्द्रीय कमिटीले यसको दूरगामी प्रभावबारे सोच्नुपर्छ ।’

खनालले सामाजिक र वैचारिक पुनरावलोकन गरी पार्टीलाई जनतामाझ पुग्ने र क्रान्तिकारी लक्ष्यलाई प्राथमिकता दिनुपर्ने जोड दिए। ‘हामी जाली होइनौँ, कम्युनिस्ट व्यापारी होइनौँ। व्यापार त पुँजीपतिले गर्छन्, कम्युनिस्टहरू जनसेवक हुन्,’ उनले भने।

उनले अहिले एकीककरणको बेला नभएको बताउँदै देश असाध्य अप्ठ्यारो अवस्थामा रहेकाले नेताहरू एकजुट हुनुपर्ने बताए ।

‘निर्वाचन हुने हो कि संसद् पुनर्स्थापना हुने हो अलमल छ । तर हामीले निर्वाचनमै जानुपर्छ’, उनले भने, ‘शान्तिसुरक्षा नदिई दलहरू निर्वाचनमा जान सक्दैनन् । त्यसैले त्यसका लागि हामीले सरकारलाई दबाब दिनुपर्छ ।’

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  २ : ३१ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ