काटिसकेको धान भिजेपछि किसान चिन्तित « Khabarhub

काटिसकेको धान भिजेपछि किसान चिन्तित


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

मन्थली– भित्र्याउनका लागि अन्तिम तयारीका साथ काटिसकेको धान खेतको गरामै भिजेपछि यहाँका किसान चिन्तित भएका छन् । 

तिहार सकिएलगत्तै पाकेको धान काटेर भित्र्याउने तयारी हुँदै गर्दा बुधबारदेखि परेको अविरल वर्षाले धान खेतमै भिजाएको हो । मौसम प्रतिकुल हुने कुरा विभिन्न सञ्चार माध्यममार्फत थाहा भएको  भए पनि पानी पर्ने बेलासम्म भित्र्याइसक्ने आसले आफूहरूले धान काटेको मन्थली –७ का किसान सरिता ढुङ्गेलले बताए। 

धान झार्नका  लागि आफूहरूले धानको मुठा बाँध्ने काम धमाधम गर्दा पानी परेर कामै गर्न नदिई बाँधेको मुठा र नबाँधेको धान भिजेको पनि उनले बताए।   

जिल्लाको मन्थली, खिम्ती, कुनाउरी र माडिफाँट, भटौली फाँटलगायतका विभिन्न फाँटमा अहिले किसानको काटेको र मुठा बाँधेको धान भिजेको छ । गत वर्षको तुलनामा यसवर्ष धान उत्पादनमा वृद्धि भएपछि यहाँका किसान खुसी भएका थिए, तर त्यो खुसी पुनः निराशामा परिणत भएको छ । यसवर्ष धान उत्पादनमा गत वर्षको तुलनामा वृद्धि हुने अनुमान गरिएको थियो । 

गत वर्ष असोजमा आएको बाढीले धानखेतीमा नराम्रो असर गरेपछि धान उत्पादन निक्कै घटेको र यसवर्ष पनि काटेको धान भित्र्याउन वर्षाका कारण नपाइएकाले धानको उत्पादन घट्ने अवस्था भएकोप्रति मन्थली नगरपालिका वडा नं-६ का किसान विमला ढुङ्गेलले चिन्ता व्यक्त गरे ।  
 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  २ : ५१ बजे

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख