मौसमविद्को खबरदारी– यो वर्षाले बाढी र पहिरोको विपत्ति ल्याउन सक्छ « Khabarhub

मौसमविद्को खबरदारी– यो वर्षाले बाढी र पहिरोको विपत्ति ल्याउन सक्छ



काठमाडौं– हाल देशभर देखिएको निरन्तर झरी र हिमपातको मुख्य कारण बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवात हो, जसले देशका विभिन्न प्रदेशमा मौसमी प्रभाव ल्याएको छ। बुधबारबाट शुरु भएको झरीले विशेष गरी पूर्वी र मध्य नेपालका अधिकांश भागलाई प्रभावित बनाएको छ। 

जल तथा मौसम विभागका अनुसार, यो प्रणाली पश्चिमी वायु र अरव सागरमा बनेको न्यून चापीय प्रभावसँग मिसिँदै देशभर बदली, वर्षा र हिमपात गराइरहेको छ।  यो अवस्था शनिबार बिहानसम्म कायम रहने सम्भावना छ । जसका कारण नदी बहाव, पहिरो र बाढीको जोखिम पनि बढेको छ। चक्रवात ‘मोन्था’ को प्रभावबारे मौसमविद् रोजन लामिछानेसंग  खबरहबले गरेको संवाद 

अहिले परिरहेको झरी कस्तो झरी हो, यो कति दिनसम्म जारी रहन्छ ?

यो झरी मुख्यतः बंगालको खाडीमा विकास भएको ‘मोन्था’ नामक चक्रवातको प्रभावका कारण परेको हो। यसको प्रभाव बुधबार बेलुकादेखि नै पूर्वी नेपालमा देखिन थालेको हो, र बिहीबार बिहानदेखि गण्डकीदेखि पूर्वका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हाल नेपालभर बादल लागेको छ, जसमा अरब सागरमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव पनि आंशिक रूपमा जोडिएको छ।

यो प्रणाली क्रमशः कमजोर भई पश्चिम दिशा हुँदै उत्तरतर्फ सर्दै नेपाल भित्रिएको हो। त्यसैले हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू९भागमा पूर्ण बदली रहने, र तराई क्षेत्रमा अधिकांश स्थानमा आंशिक बदली रहने देखिन्छ।

कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनीका धेरै भागमा मध्यम वर्षा हुनसक्छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ। यो झरी शनिबार बिहानसम्म प्रभावकारी रहने अनुमान गरिएको छ।

 यसले बाढी, पहिरो जस्ता विपत्ति निम्त्याउने सम्भावना कत्तिको छ ?

यो झरीलाई सामान्य झरी मात्र भन्न मिल्दैन । यो हल्कादेखि भारी वर्षा हुने प्रकृतिको भएकाले बाढी र पहिरोको जोखिम रहन्छ।
विशेषगरी कोशी, बागमती र मधेश प्रदेश हुँदै बग्ने स–साना नदीहरूमा पानीको बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने सम्भावना छ।
त्यसैले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन, नदी किनाराबाट टाढा बस्न र मौसम अनुकूल नभएसम्म सावधानी अपनाउन आग्रह गर्दछु । 

वर्षदिन खाने धान भित्र्याउने समयमा परेको झरीले कस्तो असर पार्ला ?

पूर्वी नेपालमा अहिलेको भारी वर्षाले कृषि क्षेत्रमा ठूलै असर पुर्‍याउने देखिन्छ। जसले धान भित्र्याइसकेका छन्, उनीहरूलाई ठूलो क्षति नहोला । तर, जसले अझै धान काटेका छैनन्, उनीहरूले अहिलेका दिनमा सावधानी अपनाउन र जोखिम नमोल्न सुझाव दिन चाहान्छु । नदी, खोला नजिकका बालीहरूमा पानी जम्मा हुने, हिलो बढ्ने र कटानको जोखिम रहने भएकाले किसान सतर्क रहन आवश्यक छ । 

केही दिनयता हिमपात भइरहेको सुनिन्छ। अझ कति दिन मौसम यस्तो रहला ?

हो, हाल देशका उच्च पहाडी र हिमाली भू–भागका धेरै भागमा हिमपात भइरहेको छ। अझै केही दिनसम्म, विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा मध्यम हिमपातको सम्भावना छ। त्यसैले ती क्षेत्रमा यात्रा गर्ने, विशेषगरी पर्यटक र किसानहरूले सावधानी अपनाउनुपर्नेछ। हिमपातका कारण बाटो अबरुद्ध हुन सक्ने, तापक्रम घट्ने र जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्क रहन अनुरोध  छ।

 नागरिकलाई यो झरीका कारण हुने सम्भावित विपत्तिबाट बच्न के सल्लाह दिन चाहनुहुन्छ ?

सबै नागरिकलाई विशेष गरी नदी किनार र पहाडी भेगका बासिन्दालाई सतर्क रहन आग्रह छ । सम्भावित बाढीबाट बच्नका लागि आवश्यक पूर्वतयारी गर्नुपर्छ। मौसमी प्रणाली र यसको प्रभाव क्षेत्रबारे जल तथा मौसम विभागले निरन्तर अनुगमन र विश्लेषण गरिरहेको छ।

वर्षा र हिमपातका कारण नदीबहाव, पहिरो, सडक तथा हवाई यातायात, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणले विभागको वेबसाइट, सामाजिक सञ्जाल र टोल–फ्री नम्बर ११५५ मार्फत अद्यावधिक सूचना प्राप्त गरी सतर्कता अपनाउन आग्रह गर्दछु।

‘‘मोन्था’ नामक चक्रवात नेपालमा पहिलो पटक देखिएको हो ? र यसको नाम कहाँबाट आएको हो ?

यो नेपालमा देखिएको पहिलो चक्रवात होइन। सन् २०१४ कात्तिक महिनामा पनि  ‘हुदहुद’ नामक चक्रवात आएको थियो, जसको असरले उच्च हिमाली क्षेत्रमा भारी हिमपात र जनधनको क्षति  भएको थियो। ‘मोन्था’ भने नयाँ चक्रवात हो, जसको नाम थाइल्यान्डले सुझाएको हो। उत्तरी हिन्द महासागर क्षेत्रका देशहरूले संयुक्त रूपमा चक्रवातका नाम तय गर्छन् । यो समूहलाई विश्व मौसम विज्ञान संगठन भनिन्छ। 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ४ : १७ बजे

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा