पाकिस्तानी जेलबाट ३ सयभन्दा बढी अफगान कैदी रिहा भई स्वदेश फिर्ता : मन्त्रालय « Khabarhub

पाकिस्तानी जेलबाट ३ सयभन्दा बढी अफगान कैदी रिहा भई स्वदेश फिर्ता : मन्त्रालय


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- गत हप्तामा पाकिस्तानी जेलबाट ३०५ जना अफगान कैदीहरू रिहा भएर सुरक्षित रूपमा अफगानिस्तान फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

कैद मुक्त गरिएका कैदीहरूलाई एक दिनदेखि दुई महिनासम्मको सजायको लागि पाकिस्तानका विभिन्न स्थानमा राखिएको थियो । उनीहरु दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तान फर्किएको मन्त्रालयले जनाएको छ ।

स्वदेशमा उनीहरूले तत्काल आवाश्यक मानवीय सहायता प्राप्त गरी पुनःएकीकरण समर्थनका लागि उनीहरूको गृह प्रान्तहरूमा सारिएको मन्त्रालयले जनाएको छ । गत जुलाईको अफगान विदेश मन्त्रालयको तथ्याङ्क अनुसार दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा बन्दी बनाइएका छन्, भने अधिकाशं छिमेकी इरान र पाकिस्तानमा रहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ४ : २२ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३