सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूत श्रीवास्तवको भेट « Khabarhub

सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूत श्रीवास्तवको भेट


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

 सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा भएको भेटमा नेपाल तथा गणतन्त्र भारतबीच रहेको द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल सरकारका प्राथमिकता सम्बन्धमा छलफल भएको छ ।

भेटमा सञ्चारमन्त्री खरेलले नेपाल र भारतबीच रहेको ऐतिहासिक सम्बन्ध, नेपालमा भारतको सहयोगमा सञ्चालित विकास आयोजनाहरू लगायत विभिन्न कालखण्डमा नेपालको सामाजिक तथा राजनैतिक विकासमा भारतबाट प्राप्त आर्थिक तथा प्राविधिक सहयोग एवम् सद्भावको सरहाना गरे।

यसका साथै मन्त्री खरेलले नेपालको विद्यमान विशिष्ट परिस्थितिको बारेमा उल्लेख गर्दै स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाचनलाई सम्पन्न गर्ने, भष्ट्राचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने कार्य सरकारको प्रमुख प्राथमिकतामा रहेको जानकारी गराए।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले निर्धारित निर्वाचनको वातावरणका लागि सरकारले राजनीतिक दल र जेन-जी प्रतिनिधिहरूसँग औपचारिक रुपमा वार्ता संवाद अगाडि बढाएको र बुधबारमात्रै सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिबीच पहिलो पटक औपचारिक रुपमा त्रिपक्षीय बैठक भएको र सबै निर्वाचनको लागि सकारात्मक रहेको जानकारी गराएका छन्।

सो अवसरमा राजदूत श्रीवास्तवले सञ्चारमन्त्री खरेललाई बधाई ज्ञापन गर्दै असल छिमेकीको नाताले नेपालको आवश्यकताअनुसार भारतको सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । 

भारत सरकार नेपालको आर्थिक रूपान्तरण एवम् समृद्धिका लागि नेपालको प्राथमिकताका क्षेत्रमा वित्तीय र प्राविधिक सहयोगअघि वृद्धि गर्न उत्सुक रहेको तथा भारत सरकार नेपाल सरकारलाई सहयोग गर्न प्रतिवद्ध रहेको समेत जानकारी गराए । भेटवार्तामा सञ्चार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको पनि सहभागिता थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ४ : ५८ बजे

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण

खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको जहाज भैरहवा आइपुग्यो

भैरहवा– खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित

बुधबार ५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ