माओवादी केन्द्रसँग एकता गर्ने नेसपाको निर्णय « Khabarhub

माओवादी केन्द्रसँग एकता गर्ने नेसपाको निर्णय


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयोजक मानेर एकताको निर्णय गरेको हो।

महासचिव रमेशप्रसाद यादवका अनुसार घोषणा कात्तिक २० गतेभित्र गरिनेछ। बैठकले अध्यक्ष यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ, जसले बाँकी विषयमा माओवादीसँग सहमति जुटाउनेछ। यादवले भने, ‘प्रचण्डले सबै पक्षलाई सम्मानजनक स्थान दिने विश्वास छ।’

नेसपाले माओवादी केन्द्रसँगै नेकपा एकीकृत समाजवादी र प्रेमबहादुर सिंह नेतृत्वको समूहसँग पनि एकता प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ८ : ३६ बजे

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा