दल दर्ताका लागि आयोगमा ९ निवेदन « Khabarhub

दल दर्ताका लागि आयोगमा ९ निवेदन


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगमा ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन पेस गरेका छन्। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यान दिँदै ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका हुन्।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि तत्कालीन केपी ओली नेतृत्वको सरकार ढले अहिले सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ। यो सरकारको मुख्य म्यान्डेट भनेकै फागुन २१ मा चुनाव गराउने हो।

आयोगले दल दर्ताका लागि प्राप्त निवेदनहरु अध्ययन गर्ने काम भइरहेको जनाएको छ।
दर्ता प्रक्रियामा रहेका दलहरुमा उज्यालो नेपाल पार्टी(बलेको चिम),श्रम संस्कृति पार्टी (माटोको ढिस्को),नेपाल नागरिक पार्टी (जेनजीको जुत्ता) रहेका छन् ।

त्यस्तै गतिशिल लोकतान्त्रिक पार्टी(बलेको ज्योती), राष्ट्रिय परिवर्तन पार्टी(बाँसुरी), नेपाल लिभरल पार्टी (सिक्का),राष्ट्रिय जेनजी पार्टि नेपाल (क्रस खुकुरी),कम्युनिष्ट पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी,नेपाल,(जाँतो) रहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १० : ३९ बजे

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को