एमाले महाधिवेशन : कञ्चनपुरमा एक स्थानमा सर्वसम्मत, दुईमा निर्वाचन « Khabarhub

एमाले महाधिवेशन : कञ्चनपुरमा एक स्थानमा सर्वसम्मत, दुईमा निर्वाचन


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा सर्वसम्मत प्रतिनिधि चयन भए पनि निर्वाचन क्षेत्र नम्बर १ र ३ मा भने शनिबार निर्वाचन भएको छ । क्षेत्र नम्बर १ बाट खुला सदस्यतर्फ ४९८ मतसहित पल्लबराज भट्ट र ६३९ मतसहित वीरबहादुर थापा निर्वाचित भएका हुन् ।

यसैगरी महिलातर्फ कमला चौधरी ५१७ मत र कल्पना गिरी ५१४ मतसहित निर्वाचित भएका हुन् । साथै, युवातर्फबाट काशीराम बोहरा ५२१ मतसहित महाधिवेशन प्रतिनिधिका लागि छनोट भएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र– २ मा भने पाँच जना सर्वसम्मत भएका छन् । खुला सदस्यमा रणबहादुर महरा र वचनबहादुर सिंह सर्वसम्मत चयन भएका हुन् । महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी सर्वसम्मत चयन भएका छन् । युवातर्फबाट पनि प्रवीण बोगटी चयन भए ।

क्षेत्र नम्बर ३ बाट खुला सदस्यतर्फ डा. दीपकप्रकाश भट्ट ५६७ र जनकराज अवस्थी ३३७ मतसहित निर्वाचित भएका छन् । दलिततर्फ आरपी सार्की तथा युवातर्फ ओम बस्नेत निर्वाचित भएको जनाइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १० : २९ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको