एमाले महाधिवेशन : कञ्चनपुरमा एक स्थानमा सर्वसम्मत, दुईमा निर्वाचन « Khabarhub

एमाले महाधिवेशन : कञ्चनपुरमा एक स्थानमा सर्वसम्मत, दुईमा निर्वाचन


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा सर्वसम्मत प्रतिनिधि चयन भए पनि निर्वाचन क्षेत्र नम्बर १ र ३ मा भने शनिबार निर्वाचन भएको छ । क्षेत्र नम्बर १ बाट खुला सदस्यतर्फ ४९८ मतसहित पल्लबराज भट्ट र ६३९ मतसहित वीरबहादुर थापा निर्वाचित भएका हुन् ।

यसैगरी महिलातर्फ कमला चौधरी ५१७ मत र कल्पना गिरी ५१४ मतसहित निर्वाचित भएका हुन् । साथै, युवातर्फबाट काशीराम बोहरा ५२१ मतसहित महाधिवेशन प्रतिनिधिका लागि छनोट भएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र– २ मा भने पाँच जना सर्वसम्मत भएका छन् । खुला सदस्यमा रणबहादुर महरा र वचनबहादुर सिंह सर्वसम्मत चयन भएका हुन् । महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी सर्वसम्मत चयन भएका छन् । युवातर्फबाट पनि प्रवीण बोगटी चयन भए ।

क्षेत्र नम्बर ३ बाट खुला सदस्यतर्फ डा. दीपकप्रकाश भट्ट ५६७ र जनकराज अवस्थी ३३७ मतसहित निर्वाचित भएका छन् । दलिततर्फ आरपी सार्की तथा युवातर्फ ओम बस्नेत निर्वाचित भएको जनाइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १० : २९ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन २ हजार ५५ सवारीचालकलाई सवारी नियम

प्रहरीका एसपी अमरेन्द्र सिंहलाई एसएसपीमा बढुवा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) अमरेन्द्र बहादुर सिंहलाई प्रहरी

काभा भलिबलः सेमिफाइनलमा इरानसँग भिड्दै नेपाल

काठमाडौँ – काठमाडौँमा जारी काभा महिला भलिबल नेसन्स लिगको पहिलो

काठमाडौँस्थित मस्जिदमा नमाज पढ्दै मुस्लिम समुदाय (तस्बिर)

काठमाडौँ– मुस्लिम धर्मालम्बीहरुको महान् पर्व बकर इद (इदुल जोहा) आज

एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले एसियाली खेलकुदको महिला छनोटमा