फ्लोरिडामा युक्रेन–अमेरिका उच्चस्तरीय वार्ता « Khabarhub

फ्लोरिडामा युक्रेन–अमेरिका उच्चस्तरीय वार्ता


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

फ्लोरिडा– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि युक्रेन–रूस युद्धमा मध्यस्थता गर्न दबाब बढाइरहेका ट्रम्प प्रशासनका उच्च अधिकारीहरू यस सप्ताहन्त फ्लोरिडामा युक्रेनी वार्ताकारहरूसँग निरन्तर वार्तामा बसेका छन् ।

यो भेटवार्ताले आगामी दिनहरूमा मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने महत्त्वपूर्ण छलफलका लागि आधार तय गर्ने लक्ष्य राखेको छ ।

यस उच्चस्तरीय बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ तथा ज्वाइँ जारेड कुशनरले युक्रेनी प्रतिनिधिमण्डलसँग प्रस्तावित शान्ति संरचनाको मुख्य बुँदाहरूलाई थप स्पष्ट पार्न विस्तृत छलफल गरिरहेका छन् । 

सन् २०२२ मा सुरु भएको रूसी आक्रमणविरुद्ध हाल युक्रेनले प्रतिरक्षा मोर्चामा दबाब बढाइरहेको अवस्थामा यो वार्ता युक्रेनका लागि अत्यन्तै संवेदनशील घडीमा आएको हो ।

यही बीच, फ्लोरिडा वार्ताको पूर्वसन्ध्यामा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो शक्तिशाली चिफ अफ स्टाफ एन्ड्री यर्माकले पदत्याग गरेको घोषणा गरेका छन् । 

यर्माक यतिबेलासम्म संयुक्त राज्य अमेरिकासँग चल्दै आएको वार्ताका प्रमुख प्रतिनिधिका रूपमा रहेका थिए । उनको निवासमा भ्रष्टाचारविरोधी अनुसन्धानकर्ताहरूले छापा मारेपछि उत्पन्न परिस्थितिले जेलेन्स्की सरकारमाथि थप आन्तरिक दबाब सिर्जना गरेको छ । 

ऊर्जा क्षेत्रमा ठेकेदारहरूले उपलब्ध गराएको अवैध किकब्याक मार्फत १० करोड डलरभन्दा बढी रकम हिनामिना भएको आरोपपछि सरकार आलोचनाको केन्द्रविन्दुमा रहेको छ ।

रुबियो र यर्माकबीचको जेनेभास्थित भेटभएको एक हप्तामात्रै भएको थियो, जसमा दुवै पक्षले संशोधित शान्ति योजनाको दिशामा भएको प्रगति सकारात्मक रहेको बताएका थिए । 

तर अहिले भने युक्रेनी वार्ताकारहरूको टोली पुनःव्यवस्थित गरिएको छ । राष्ट्रपति जेलेन्स्कीका अनुसार नयाँ टोलीमा युक्रेनका सशस्त्र बलका प्रमुख एन्ड्री हेनाटोभ, विदेशमन्त्री एन्ड्री सिबिहा तथा सुरक्षा परिषद्का प्रमुख रुस्टेम उमरोभ समावेश थिए । 

यसबीच वासिङ्टन र मस्कोबीच विकसित गरिएको ट्रम्पको २८–बुँदे प्रस्तावित योजना परिमार्जनमा कूटनीतिज्ञहरूको ध्यान केन्द्रित छ । 

रूसपक्षीय मागहरूतर्फ अत्यधिक ढल्किएको भन्दै आलोचना गरिएको उक्त प्रारम्भिक ढाँचाले डोनबासको सम्पूर्ण क्षेत्र रूसलाई हस्तान्तरण गर्ने कल्पना गरेको थियो, जुन युक्रेनका लागि सर्वाधिक विवादित विन्दु बनेको छ । 

प्रस्तावमा युक्रेनको सेनाको आकारमा सीमा निर्धारण गर्ने, नाटोमा सदस्यता नदिनेजस्ता प्रावधानहरू थिए भने १०० दिनभित्र निर्वाचन आयोजना गर्नुपर्ने बाध्यता पनि समावेश थियो । 

वार्ताकारहरूले केही बुँदामा परिमार्जन भएको सङ्केत गरिरहेका छन्, तर परिवर्तनको स्पष्ट स्वरूप हालसम्म खुलाइएको छैन ।

यही क्रममा, शनिबार किएभ र आसपासका क्षेत्रमा रूसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन् । युद्धको दबाबबीच भइरहेको वर्तमान वार्ताले स्थिति झन् जटिल बनाएको छ ।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा युक्रेनी प्रतिनिधिमण्डलले ‘युद्ध अन्त्यका लागि आवश्यक कदमहरू छिटो र प्रभावकारी रूपमा अघि बढाउनेछ’ भनेर आशा व्यक्त गरेका छन् । रासस

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ११ : ४० बजे

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व