ओखलढुंगाबाट सबै १२ जना प्रतिनिधि ईश्वर पोखरेलनिकट आए « Khabarhub

ओखलढुंगाबाट सबै १२ जना प्रतिनिधि ईश्वर पोखरेलनिकट आए


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी ११ औँ महाधिवेशनका लागि नेकपा एमाले जिल्ला कमिटी ओखलढुंगाबाट सबै महाधिवेशन प्रतिनिधि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षीय आएका छन् ।

प्रतिनिधि छनौटका लागि शनिबार भएको मतदानपछिको परिणामअनुसार सबै १२ जना प्रतिनिधिहरू पोखरेल पक्षका विजयी भएका हुन् ।

१२ प्रतिनिधिमा खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमल प्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत छन् ।

उता महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ पनि पोखरेल पक्षकै हुन् । ४० वर्षमुनिको युवातर्फ टीकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे महाधिवेशन प्रतिनिधिमा विजयी भए । उनीहरू सबै ओखलढुंगामा पूर्वप्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङनिकट हुन् ।

ओखलढुंगा वरिष्ठ उपाध्यक्ष पोखरेलको गृहजिल्ला पनि हो । अम्बिर गुरुङ वरिष्ठ उपाध्यक्ष पोखरेलनिकट हुन् । गुरुङ अहिलेबाटै पोखरेलको पक्षमा खुलेर लागिसकेका छन् ।

ओखलढुंगामा १२ जना प्रतिनिधिका लागि ४१ जनाको उम्मेदवारी थियो । तर सहमति नजुटेपछि निर्वाचन कमिटीले पार्टीको अन्तरपार्टी निर्देशनअनुसार मतदान गराएको हो । ओखलढुंगामा १५१८ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १२ : ५५ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु