नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार नाघ्यो  « Khabarhub

नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार नाघ्यो 


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार नाघेको छ । 

विश्व एड्स दिवसको अवसरमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले नेपालमा ३४ हजार ३ सय ३७ जनालाई एचआईभी संक्रमण भएको जानकारी दिएका हुन् । 

उनकाअनुसार कुल संक्रमितमध्ये १५ वर्षभन्दा माथिका ३३ हजार २ सय ७९ जना छन् । त्यस्तै १५ वर्षमाथिका १४ हजार जना महिलामा एचआइभी संक्रमण छ । उनले १५ वर्षभन्दा माथिका एचआईभी संक्रमित पुरुषको संख्या १९ हजार २ सय ७९ छ । एक हजार ५८ जना एचआइभी पोजेटिभ बालबालिका रहेको उनले बताए । 

गत एक वर्ष आमालाई एचआईभी परीक्षण गर्दा २ सय २७ जना बालबालिकामा संक्रमण पुष्टि भएको हो । सन् २००० देखि २०२४ सम्म आउँदा नयाँ संक्रमण पनि ७६ प्रतिशतले घटेको डा. शर्माले बताए ।

सरदर दिनमा १.७ जना नयाँ संक्रमित थपिइरहेका छन् भने दिनमा एक जनाको एचआईभीका कारण मृत्यु भइरहेको छ । ‘सन् २००० देखि २०२४ सम्म आउँदा नयाँ संक्रमण पनि ७६ प्रतिशतले घटेको छ। 

तर अझै हामी ९० प्रतिशतसम्म पुग्नुपर्नेछ। सरदर दिनमा एउटा जस्तो वा १.७ जना नयाँ क्लाइन्टहरु थपिने अवस्था छ । मृत्युको दरको कुरा गर्ने हो भने लगभग दिनमा एउटा जस्तो एचआईभीको कारणले मृत्यु हुने गर्दछ’, उनले भने । 

डा.शर्माका अनुसार ८८ प्रतिशत एचआईभी संक्रमित औषधि खाइरहेका छन् । संक्रमितमध्ये ७६ प्रतिशतले शरीरमा भाइरसको मात्रा कति छ भनेर परीक्षण गरिरहेको उनले बताए ।

आगामी एक वर्षभित्र एचआईभी संक्रमणविरुद्धको रणनीति बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १२ : ५३ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा