‘शी लिड्स’ आइकन अवार्ड मंसिर २२ गते « Khabarhub

‘शी लिड्स’ आइकन अवार्ड मंसिर २२ गते


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको काम र योगदानलाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यसहित ‘शी लिड्स’ आइकन दोस्रो संस्करणको अवार्ड समारोह तथा महिला जनप्रतिनिधि उत्सव मंसिर २२ गते हुने भएको छ । कल्प इम्पावर वेमेन नेपालद्वारा आयोजित उक्त कार्यक्रममा निर्णायक मण्डलले छनोट गरेका प्रेरणादायी महिला जनप्रतिनिधिलाई सम्मान गरिने बताइएको छ ।

प्रेरणादायी महिला जनप्रतिनिधिमध्येबाट सात जना उत्कृष्ट महिला जनप्रतिनिधिलाई शी लिड्स आइकन घोषणा गरी सम्मान गरिने आयोजक संस्थाले जानकारी दिएको छ। आयोजक संस्थाकी अध्यक्ष पूजा कोइरालाका अनुसार कार्यक्रममा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी, प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, प्रथम महिला सभामुख ओनसरी घर्ती मगर र प्रथम महिला प्रदेश प्रमुख अनुराधा कोइराला तथा विभिन्न क्षेत्रका अग्रणी महिलाहरूको उपस्थिति रहनेछ । कार्यक्रममा स्थानीय सरकारले आफ्ना सेवा, योजना तथा उत्पादनका स्टल राखी सूचना केन्द्रमार्फत जनप्रतिनिधिहरूका काम र उपलब्धिहरू प्रस्तुत गर्नेछन् ।

साथै महिला उद्यमीहरूले उत्पादन तथा सेवाहरू प्रदर्शन गर्नेछन् । यसैगरी, महिला नेतृत्व, राजनीतिमा सहभागिता र उद्यमशीलतामा महिलाको भूमिका विषयक बहस, छलफल तथा प्यानल डिस्कसन समेत हुने कार्यक्रमको तयारी भइरहेको छ । प्यानल डिस्कसनमा नेपाल उद्योग वाणिज्य महासङ्घकी प्रथम महिला अध्यक्ष भवानी राणा, महिला उद्यमी महांसंघकी अध्यक्ष शोभा ज्ञवाली र इनड्राइभ नेपालकी रिता पोखरेल, साथै शी लिड्स आइकनको पहिलो संस्करणका आइकनहरूले आफ्ना अनुभव र दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष कोइरालाले यस कार्यक्रमलाई ३० वर्षभन्दा कम उमेरका युवाले सञ्चालन गरिरहेको उल्लेख गर्दै कुनै पनि दातृ निकायको सहयोग बिना संस्थाले निरन्तर सामाजिक नेतृत्व विकासका कार्यक्रम अघि बढाएको तथ्यलाई नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने भाष्य स्थापित गर्न खोजेको बताइन् ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १ : ३८ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग