एमाले नेता कर्ण थापालाई पार्टी कार्यालयमा ओलीकै अगाडि दुर्व्यवहार « Khabarhub

एमाले नेता कर्ण थापालाई पार्टी कार्यालयमा ओलीकै अगाडि दुर्व्यवहार


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि आइतबार केन्द्रीय कार्यालय च्यासलमा लोगो सार्वजनिक गर्ने कार्यक्रम राख्यो ।

उक्त कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेता पनि पुगेका थिए । त्यही कार्यक्रममा पछिल्लो समय ओलीको कडा आलोचना गरिरहेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पनि सहभागी थिए ।

आइतबार दिउँसो भएको उक्त कार्यक्रममा सहभागी हुन ओली आएपछि थापा पनि च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनको माथिल्लो तलामा उक्लिए ।

थापालाई देखेपछि ओलीले कार्यक्रममा जाऊँ भन्दै इशारा गरेर बोलाए । ओलीले अंगालेको विचारसँग मतभेद रहे पनि थापा उनको पछि पछि लाग्न खोजे ।

तर त्यहीबेला ओलीको सुरक्षा गार्ड बनेर अघिपछि लाग्ने एकजनाले थापालाई रोक्दै धकेलिदिए । झन्डै झन्डै लडिसकेका थापाले त्यहीँ तत्कालै प्रतिकार गरे । ओली अगाडि बढिरहेका बेला सुरक्षागार्डको भूमिकामा देखिएकाहरूले थापालाई कुहिनाले छेक्दै धकेलिदिएका थिए ।

त्यसरी धकेलेपछि प्रतिकारमा उत्रिएका थापामाथि निलो ज्याकेट र चश्मामा देखिएका ती युवक झनै खनिन्छन् । प्रहरीकै शैलीमा स्कर्टिङमा खटिएका उनले थापालाई धकेलेन् मात्रै, सवाल-जवाफ गर्दै थर्काउन पनि खोजे ।

के भन्छन् थापा ?

यसबारे बुझ्न खोज्दा थापाले सामान्य रुपमा लिनुपर्ने बताए । उनले उक्त कार्यक्रममा सहभागी हुन जाँदा ओलीले बोलाएपछि अघि बढेका बेला धकेल्दै रोक्ने काम भएको बताए ।

‘घटना त ठूलो होइन तर अहिले महाधिवेशन लागेको अवस्थामा अर्को अर्थ लाग्ने भयो’, थापाले भने, ‘अध्यक्ष ओलीले नै बोलाएपछि जान खोज्दा मलाई त्यसखालको व्यवहार कार्यालयमै भयो। मैले तत्कालै त्यहीँ प्रतिकार गरेको छु ।’

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ४ : १९ बजे

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक