रास्वपा र विवेकशील साझाबीच एकता : यस्ता छन् सहमतिका मुख्य बुँदा « Khabarhub

रास्वपा र विवेकशील साझाबीच एकता : यस्ता छन् सहमतिका मुख्य बुँदा


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टी आइतबार औपचारिक रूपमा एकीकृत भएका छन् । दुवै पार्टीले सामाजिक न्याय, उदार अर्थतन्त्र र सुशासनमा आधारित वैकल्पिक राजनीतिलाई संस्थागत रूपमा अघि बढाउन सहमति जनाउँदै एकीकरण घोषणा गरेका हुन् ।

छोटो अवधिमै प्रभावशाली संसदीय उपस्थिति बनाएको रास्वपाले सुशासनका प्रश्नमा देखाएको हस्तक्षेप र स्व. उज्ज्वल थापाद्वारा सुरू गरिएको विवेकशील अभियानको दीर्घकालीन योगदानलाई एउटै धारमा ल्याउन दुवै पक्षले एकीकरणलाई आवश्यक ठहरेका हुन् ।

सहमतिको मुख्य बुँदा:

– रास्वपाको सिद्धान्त र नेतृत्व संरचना यथावत् रहनेछ। विवेकशील अभियानको योगदानलाई आधिकारिक रूपमा अभिलेखीकरण गरिनेछ।

– रास्वपाले बनाएको विशेष संयन्त्र संघीय नेतृत्व मञ्चमा विवेकशील साझा हुँदै आएका नेताहरूलाई आपसी सहमतिमा समावेश गरिनेछ।

– विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारलाई केन्द्रीयदेखि स्थानीय तहसम्म योग्यता र समावेशिताको आधारमा जिम्मेवारी बाँडफाँड हुनेछ।

– एकीकरणपछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ। झण्डा र चुनाव चिन्ह पनि यथावत् रहनेछ।

– निर्वाचन आयोगमा आवश्यक कानुनी प्रक्रिया दुवै पार्टीले संयुक्त रूपमा पूरा गर्नेछन्। दुवै पार्टीका सम्पत्ति र संरचनाको व्यवस्थापन पनि आपसी सहमतिमा अघि बढाइनेछ।

– सुशासन र समुन्नतिको एजेन्डामा गोलबद्ध हुँदै अन्य वैकल्पिक राजनीतिक शक्ति र व्यक्तिलाई सहकार्यका लागि आह्वान गरिएको छ।

एकीकरणपत्रमा विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा वाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार र रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले लगायतका नेतृत्वले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ४ : ५४ बजे

दोलखामा जित पक्का गर्न रणनीति बनाउँदै कांग्रेस

दोलखा– आगामी प्रतिनिधिसभा निर्वाचन आउन मात्र ३३ दिन बाकी छ

कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड

महेन्द्रनगर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सङ्गठनलाई सुदृढ बनाउँदै

सिरहामा गोली हानेर युवकको हत्या, प्रहरीले भन्यो- नाकामा सुरक्षा सतर्कता बढाएका छौँ

सिरहा– सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज  अज्ञात व्यक्तिले गोली

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं– काठमाडौँका विभिन्न क्षेत्रमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु