साँझ झुल्किँदै जाँदा आकाशको रङ्गीन रूप (तस्बिरहरू) « Khabarhub

साँझ झुल्किँदै जाँदा आकाशको रङ्गीन रूप (तस्बिरहरू)


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिजोआज काठमाडौँ उपत्यकाबाट दिनहुँजसो हिमालहरू अवलोकन गर्न सकिन्छ । वरिपरि देखिने टाढाका सेताम्मे हिमालहरू साँझतिर झनै मनमोहक देखिन्छन् । 

उपत्यकामा चिसो बढेसँगै साझा परेपछि सूर्यास्तको फरक–फरक रंगले काठमाडौँको आकाश मिनेट–मिनेटमा बदलिन थालेको छ । अस्ताउँदो सूर्यको सुनौलो किरण हिमालको हिउँमा परेर झनै चम्किने दृश्यले उपत्यकावासीलाई मोहित बनाइरहेको छ ।

काठमाडौँबाट देखिने प्रमुख हिमालहरूमध्ये गणेश हिमाल, हिमालचुली, लाङटाङ साथै ८,१५६ मिटर अग्लो मनास्लु हिमाल समेत प्रस्ट देखिने गरेका छन् । 

यिनका अतिरिक्त उपत्यकाबाट दोर्जे लाक्पा, फुर्बी ग्याल्त्सो, गौरीशंकर जस्ता हिमालहरू पनि स्पष्ट देखिन्छन्।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ६ : २६ बजे

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा हुने

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन काठमाडौँमा

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ ।