महाधिवेशनले उन्नत र रूपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास « Khabarhub

महाधिवेशनले उन्नत र रूपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले उन्नत र रूपान्तरित एकता प्रदर्शन गर्ने बताएका छन् ।

एमालेको केन्द्रीय प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ११औँ महाधिवेशनको प्रतीक चिह्न (लोगो) सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सर्व सहमतिका नाममा एमालेभित्र प्रतिस्पर्धा गर्न दिइन्न वा जसरी पनि चुनावै हुनुपर्छ भन्ने प्रचार या सोच गलत रहेको बताए । उनले अध्यक्षका हैसियतमा आफ्नो प्रयास, सहमति, एकता, रूपान्तरण र पुस्तान्तरणका लागि केन्द्रित हुने स्पष्ट गरे ।

‘सर्वसम्मतिका नाममा सेन्टिमेन्टल हिसाबले कसैलाई रोक्ने वा छेक्ने काम हुँदैन । स्वच्छ प्रतिस्पर्धा हुनेछ । एमालेमा प्रजातन्त्र छैन । चुनावै लडेनन् वा कसैलाई चुनाव लड्न दिएनन् भनिरहनु पर्दैन’, अध्यक्ष ओलीले भने, ‘चुनाव लड्न पाइन्छ तर अध्यक्षका रुपमा मेरो आग्रह छ– एकताबद्ध भएर जाऔँ, एकार्कामा नकारात्मक टीकाटिप्पणी गर्ने, खुइल्याउने, होच्याउने र अपमान गर्ने जस्ता काम कसैले नगरौँ ।’

कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि लोगो सार्वजनिक गरेका थिए ।
 

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ६ : ४९ बजे

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम