नेकपालाई नेता प्रधान नभई विधि र पद्धतिमा चल्ने पार्टी बनाउनुपर्छ :  झलनाथ खनाल « Khabarhub

नेकपालाई नेता प्रधान नभई विधि र पद्धतिमा चल्ने पार्टी बनाउनुपर्छ :  झलनाथ खनाल


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् पार्टीका नेता झलनाथ खनालले नेकपालाई नेता प्रधान नभई विधि र पद्धतिमा चल्ने पार्टी बनाउनुपर्ने बताएका छन्  । 

पार्टीको गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभालाई आइतबार पोखरामा सम्बोधन गर्दै उनले भने,  ‘हामीले विधि र पद्धतिलाई अनुसरण गर्ने पार्टी बनाउन चाहेका छौँ । अब विगतको जस्तो नेता प्रधान हुने पार्टी चल्दैन ।’

नेकपाका नेता भीम रावलले विगतका गल्तीमा माफी माग्दै सच्चिएर अघि बढ्नुपर्ने बताए । ‘विगतका कमीकमजोरीलाई आत्मसात् गर्दै सच्चिएर मात्र बलियो र  एकताबद्ध पार्टी निर्माण गर्न सकिन्छ । स्वाधीनता बलियो भएको नेपाल बनाउन सकिन्छ । त्यसका लागि पार्टीका सबै नेता तथा कार्यकर्तामा त्याग र समर्पण आवश्यक छ,’ उनले भने ।

नेता नारायणकाजी श्रेष्ठले रूपान्तरित एकीकृत पार्टी आवश्यक रहेकाले सबैले आफूले आफैँलाई बदल्नुपर्ने विचार राखे । उनले भने, ‘नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान अझै पूरा भएको छैन । त्यसका लागि पार्टीको रुपान्तरण गर्नुपर्दछ  ।’

सभामा नेताहरू देव गुरुङ, पोखरा महानगर प्रमुख धनराज आचार्य, राजु थापा, डा लक्ष्मी ओली, दीननाथ शर्मा, गायत्री गुरुङ, श्रीनाथ बराललगायतले जनताको आवश्यकता र अपेक्षा पूरा गर्ने पार्टी निर्माणको आवश्यकता औँल्याएका थिए  । 

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ७ : ३७ बजे

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

वर्ष ०८२ : नयाँ निर्देशकको कब्जामा ‘हिट लिस्ट’, स्टारहरूकै फिल्म चौपट

काठमाडौं – जेन–जी आन्दोलन र चुनावका कारण यो वर्षको रिलिज

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको