मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक « Khabarhub

 मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको हालसम्मको सम्पादित विषयगत कार्यसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी सो विवरण सार्वजनिक गरेको हो । 

मन्त्रालयका अनुसार यही मङ्सिर ८ गतेको निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (विकास व्यवस्थापन क्षेत्र हेर्ने) को संयोजकत्वमा विषयगत मन्त्रालयका सहसचिव र बाढीपीडित सङ्घर्ष समितिका तर्फबाट तीन जना सदस्य रहने गरी बढीमा एक वर्ष कार्यकाल रहेको नौ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ । 

त्यसैगरी स्थानीय बाढीपीडित सङ्घर्ष समितिका तर्फबाट सहभागी हुने तीन प्रतिनिधि सिफारिस गरी पठाउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिइएको र समितिको संरचना, कार्य सर्त र कार्यविधि मन्त्रालयको ‘वेबसाइट’मा राखिएको छ । 

विसं २०७८ मा गएको बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति सम्बन्धमा नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने राहत तथा क्षतिपूर्ति र निजी आवास पुनर्निर्माणका लागि तत्कालीन समयमा स्थानीय प्रशासनबाट उपलब्ध भएको राहत तथा क्षतिपूर्ति प्रक्रियामा छुट भएको देखिएमा नदोहोरिने गरी समावेश गर्नेलगायत विषयका सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकमा पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । 

मेलम्ची खानेपानी आयोजनाबाट वितरण हुने पानीको परिपूरण (लेभी) खानेपानी क्षेत्रमा नै नयाँ विषय भएको सम्बन्धमा विश्वव्यापी अभ्यास, सम्बन्धित सरोकारवाला निकाय एवं व्यक्ति समेतलाई राखी यही मङ्सिर ११ गतेको बैठकबाट निश्चित विधिसहितको आवश्यक कानुन निर्माण गर्ने प्रक्रिया अगाडि बढाउन एक कार्यदल गठन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख  छ । 

मन्त्रालयले मेलम्ची खानेपानी विकास समितिको गठन आदेश २०७९ संशोधनका सम्बन्धमा प्रधानमन्त्री एवं खानेपानी मन्त्रीबाट असोज ३० गते स्वीकृत भएबमोजिम मङ्सिर २ गते अर्थ मन्त्रालयमा राय परामर्श माग गरी पठाइएको छ । 

परामर्श प्राप्त हुनासाथ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रेषित गरी प्राप्त परामर्शसमेत संलग्न राखी नेपाल सरकार समक्ष पेस गरिने छ । मेलम्ची पुल बजारदेखि मेलम्ची हेडवक्र्ससम्मको सडक निर्माण गर्न गत कात्तिक २६ गते सडक डिभिजन कार्यालय दोलखाबाट रु २५ करोडको बोलपत्र आह्वान भइसकेको छ । 

उक्त सडक निर्माण कार्यमा थप रु ७५ करोड स्रोत सुनिश्चितताका लागि राष्ट्रिय योजना आयोगको सचिवालयमा प्रेषित भइसकेको पनि मन्त्रालयले जनाएको छ । बाँकी दुई सडकका लागि समितिमा विनियोजन भएको रु १० करोड कार्यान्वयनका लागि भौतिक पूर्वाधार मन्त्रालयमा हस्तान्तरणको प्रक्रिया अगाडि बढाएको छ । 

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ७ : ४० बजे

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने