एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि छनोटमा समस्या « Khabarhub

एमाले महाधिवेशनः आठ जिल्लामा प्रतिनिधि छनोटमा समस्या


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रियं महाधिवेशनका लागि भएको प्रतिनिधि छनोट गरिएका आठ जिल्लाबारे उजुरी परेका छन् ।

महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलले आठ जिल्लामा प्रक्रियागत ढङ्गबाट प्रतिनिधि छनोट नगर्दा केन्द्रीय कार्यालयमा उजुरी आएको बताए ।

उनका अनुसार ओखलढुङ्गा, धनकुटा, दाङ, बाँके, बझाङ, तनहुँ, बारा र रौतहटमा प्रतिनिधि छनोट विधिअनुसार नभएको भन्दै उजुरी आएका हुन् । ती जिल्ला देखिएका समस्या चाँडै समाधान गरिने ढुङ्गले बताए ।

शनिबार देशभर एमालेको महाधिवेशन प्रतिनिधि छनोट कार्यक्रम थियो । समितिका सचिव ढुङ्गेलले अधिकांश जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट भएको र छनोट भएका प्रतिनिधिको विवरण पार्टीको प्रदेश कार्यालयमा सङ्कलन गरी भोलिसम्म पठाउन निर्देशन दिएको जानकारी दिए ।

महाधिवेशनका लासग करिब दुई हजार २०० प्रतिनिधि छनोट भएको उनले बताए । एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुन्छन् । यही मङ्सिर २७ देखि २९ गतेसम्म एमाले महाधिवेशन हुँदैछ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  १० : ०२ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ