अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने « Khabarhub

अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयको स्रोतले सोमबार सन् २०२६ का लागि राष्ट्रसङ्घको मानवीय सहायताका लागि उपलब्ध गराउने सहयोगसम्बन्धी उक्त समाचारलाई पुष्टि गरेको छ।

अमेरिका विश्वको शीर्ष मानवीय सहायता दाता हो। राष्ट्रसङ्घको तथ्याङ्क अनुसार सन् २०२२ मा १४ अर्ब डलर रहेको सहायता रकम सन् २०२३ र सन् २०२४ मा लगभग ११ अर्ब डलर थियो भने यो रकम सन् २०२५ मा आइपुग्दा २.७ अर्ब डलरमा झरेको थियो।

राष्ट्रसङ्घ सहायता प्रमुख टम फ्लेचरले यस महिनाको सुरुमा राष्ट्रसङघको वार्षिक ‘ग्लोबल ह्युमेनिटेरियन अपिल २०२६’ को सुरुवात गरेका थिए। उनले गाजा, युक्रेन, सुडान, हाइटी र म्यान्माजस्ता गम्भीर द्वन्द्वमा धेरै ध्यान केन्द्रित गर्दै विश्वका ८७ लाख खाँचोमा परेका मानिसहरूलाई सहायता प्रदान गर्न २३ अर्ब डलर अनुरोध गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक सहायता खर्च घटाएपछि राष्ट्रसङ्घले नयाँ वास्तविकतालाई अनुकूलन गर्ने प्रयास गरिरहेको बेला हालैका वर्षहरूमा अपिलले कभर गर्ने व्यक्तिको सङ्ख्या नाटकीय रूपमा घटाइएको छ।

राष्ट्रसङ्घले द्वन्द्वग्रस्त क्षेत्रमा महामारीबाट पीडित अर्थात् वा प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको शिकार भएका लगभग २४ करोड मानिसलाई आपतकालीन सहयोगको आवश्यकता रहेको अनुमान गरेको छ।

सन् २०२५ मा राष्ट्रसङ्घले ४५ अर्ब डलरभन्दा बढीको लागि गरेको अपिल १२ अर्ब डलरमा मात्र सीमित भएको थियो, जुन एक दशककै सबैभन्दा कम थियो।

यसले केवल नौ करोड ८० लाख मानिसहरूलाई मानवीय सहायता प्रदान गर्न सम्भव भएको थियो यो मानवीय सहयोगको आवश्यकता भएको विश्वको जनसङ्ख्याको अघिल्लो बर्षको तुलनामा थप २५ लाख व्यक्तिको लागि सहयोगको कमी हो।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ६ : ५१ बजे

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका

काठमाडौं महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौं – काठमाडौं महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने

आईपीएल : प्रभसिमरन सिंहले पूरा गरे अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार पञ्जाब किंग्स

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ : मुख्यमन्त्री बानियाँ

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई