माग र असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट राख्न दुर्गा प्रसाईंलाई प्रधानमन्त्रीको आग्रह « Khabarhub

माग र असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट राख्न दुर्गा प्रसाईंलाई प्रधानमन्त्रीको आग्रह


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईंलाई आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट राख्न आग्रह गरेकी छन्।

मंगलबार बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट राख्न पनि आग्रह गरिन्।

मुलुक निर्वाचनमा होमिइसकेको जानकारी दिँदै उनले अब जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पारे।

‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौँ ,’ उनले भनिन् ‘सबै खालका संशयलाई चिर्दै मुलुक पूर्णरुपमा निर्वाचनको माहोलमा होमिएको छ। यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौँ। यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौँ।’

प्रधानमन्त्री कार्कीले प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार पनि दिएकी छन्।

‘हामी पनि न्यायका पक्षधर हौँ ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यहाँ सत्ताभोग र सुखसयल गर्न आएका होइनौँ। भ्रष्टाचारको अन्त्य, शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ। सबै कुराको नतिजा रातारात नदेखिए पनि हामीले आधारशीला तयार पार्दै गएका छौँ। तपाईँले उठाउनुभएका कतिपय जायज मुद्दाको सम्बोधनका लागि पनि सरकारले गृहकार्य गरिरहेकै छ। अझै थप छलफल गर्दै जाऔँला।’

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ११ : ५८ बजे

‘च्याउ उत्पादन र प्रवर्द्धन मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छ’

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले च्याउ उत्पादन,

वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु पर्ने बाध्यता छ : कुलमान घिसिङ

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले

गण्डकीमा अठार लाख बढी मतदाता र एक हजार २९७ मतदानस्थल कायम

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बुद्धको चित्र दिँदै प्रधानमन्त्रीले मागिन् दुर्गा प्रसाईंसँग निर्वाचन सफल बनाउन सहयोग

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई सफल पार्नका लागि सहयोग

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको