मथुरामा सनी लियोनीको प्रवेशलाई लिएर विरोध « Khabarhub

मथुरामा सनी लियोनीको प्रवेशलाई लिएर विरोध


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री सनी लियोनी नयाँ वर्षको अवसरमा मथुरामा हुन लागेको कार्यक्रमका कारण विवादमा परेकी छिन् ।

धार्मिक नगरी मथुरामा आयोजना हुन लागेको उनको कार्यक्रमलाई लिएर स्थानीय साधु–सन्तहरूले कडा विरोध जनाएका छन् ।

उनीहरूले सनीलाई भारतको उत्तर प्रदेशस्थित धार्मिक स्थान मथुरा प्रवेशमै रोक लगाउनुपर्ने माग गर्दै कार्यक्रम रद्द गर्न जिल्ला प्रशासनलाई पत्र बुझाएका छन् ।

भारतीय मिडिया अनुसार श्रीकृष्ण जन्मभूमि मन्दिर केसका मुख्य निवेदक दिनेश फलाहारी महाराजले ब्रजभूमि श्रीकृष्णको पवित्र रासलीलास्थल भएको भन्दै नयाँ वर्षको नाममा ‘अश्लीलता’ प्रदर्शन हुन नदिन कार्यक्रम रोक्न माग गरेका हुन् ।

सनी लियोनीको कार्यक्रम होटल ललिता ग्राउन्ड र होटल दा ट्रकमा हुने तयारी थियो, जसको प्रचार सनी आफैँले  सामाजिक सञ्जालमार्फत गरेकी छिन् ।

साधु–सन्तहरूको तीव्र विरोधपछि कार्यक्रम हुने वा नहुने विषयमा अन्योल सिर्जना भएको छ । अब यसबारे प्रशासनले के निर्णय लिन्छ भन्ने कुरामा सबैको ध्यान केन्द्रित छ। उल्लेखनीय कुरा, मथुरामा सनी लियोनीको विरोध भएको यो पहिलो घटना भने होइन।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १२ : १२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५