रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै « Khabarhub

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको प्रतिनिधित्व छुटाएको छ भने अधिकांश प्रतिनिधि चितवन जिल्लाका व्यक्तिलाई मात्रै राखेको छ ।

सोमबार रास्वापाले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार सो पार्टीको समानुपातिकको सूचीमा चितवन जिल्लाका मात्रै २१ जना परेका छन् । तर, सो सूचीमा ७७ जिल्ला मध्ये ४४ जिल्ला भने पूर्ण रूपमा छुट्न पुगेको देखिएको छ ।

त्यस्तै, रास्वपाले समानुपातिक सूचीमा दोस्रो धेरै प्रतिनिधि अर्थात् १५ जना मोरङ जिल्लाबाट समावेश गरेको छ ।

सिरहा, सप्तरी, काठमाडौं र सुनसरी जिल्लाबाट रास्वपाको समानुपातिक सूचीमा ५-५ जनाको प्रतिनिधित्व भएको छ भने ललितपुर र महोत्तरीबाट ४÷४ जना र भक्तपुर र धनुषाबाट ३-३ जनाको प्रतिनिधित्व भएको छ ।

प्राप्त सूचीमा ८ जनाको नाममा नागरिकता जारी गरिएको जिल्लाको नाम खाली छाडिएको छन् । तर, रास्वपाको समानुपातिक सूचीमा कोशी प्रदेशका ४, मधेशका ३, बागमतीका ७, गण्डकीका ७, लुम्बिनीका ८, कर्णालीका ७ र सुदूरपश्चिमका ८ वटा जिल्लाबाट प्रतिनिधित्व हुन सकेको देखिँदैन ।

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १ : ०५ बजे

कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

जुम्ला– ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार

मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका–७ गोल्फुटार चोकमा आज भएको मोटरसाइकल दुर्घटना परि

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शेर्पा विजयी

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनबाट उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा विजयी

यातायात कार्यालयबाट बाह्र करोड बढी राजस्व संकलन

काँक्रेविहार– भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था

मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ

एजेन्सी– अस्ट्रेलियाको मेलबर्नका विभिन्न सपिङ सेन्टरहरूमा अपराध विरुद्धको कारबाहीको पहिलो