रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै « Khabarhub

रास्वपाको समानुपातिकमा चितवनका मात्रै २१ जना, ४४ जिल्ला हेरेको हेर्‍यै


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको सूचीमा अधिकांश जिल्लाको प्रतिनिधित्व छुटाएको छ भने अधिकांश प्रतिनिधि चितवन जिल्लाका व्यक्तिलाई मात्रै राखेको छ ।

सोमबार रास्वापाले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार सो पार्टीको समानुपातिकको सूचीमा चितवन जिल्लाका मात्रै २१ जना परेका छन् । तर, सो सूचीमा ७७ जिल्ला मध्ये ४४ जिल्ला भने पूर्ण रूपमा छुट्न पुगेको देखिएको छ ।

त्यस्तै, रास्वपाले समानुपातिक सूचीमा दोस्रो धेरै प्रतिनिधि अर्थात् १५ जना मोरङ जिल्लाबाट समावेश गरेको छ ।

सिरहा, सप्तरी, काठमाडौं र सुनसरी जिल्लाबाट रास्वपाको समानुपातिक सूचीमा ५-५ जनाको प्रतिनिधित्व भएको छ भने ललितपुर र महोत्तरीबाट ४÷४ जना र भक्तपुर र धनुषाबाट ३-३ जनाको प्रतिनिधित्व भएको छ ।

प्राप्त सूचीमा ८ जनाको नाममा नागरिकता जारी गरिएको जिल्लाको नाम खाली छाडिएको छन् । तर, रास्वपाको समानुपातिक सूचीमा कोशी प्रदेशका ४, मधेशका ३, बागमतीका ७, गण्डकीका ७, लुम्बिनीका ८, कर्णालीका ७ र सुदूरपश्चिमका ८ वटा जिल्लाबाट प्रतिनिधित्व हुन सकेको देखिँदैन ।

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १ : ०५ बजे

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायता

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियारको डरले

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप