यातायात कार्यालयबाट बाह्र करोड बढी राजस्व संकलन « Khabarhub

यातायात कार्यालयबाट बाह्र करोड बढी राजस्व संकलन


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय एवं सेवा कार्यालयबाट १२ करोड बढी राजस्व संकलन भएको छ । 

कर्णाली प्रदेशका तीन ठाउँमा रहेका यातायात व्यवस्था कार्यालयबाट चालु आर्थिक वर्षको पाँच महिनामा १२ करोड ५७ लाख ७० हजार ६५९ राजस्व संकलन भएको मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर रमेश सुवेदीले जानकारी दिए । यातायात क्षेत्रको आम्दानी, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, सवारीसाधन कर, प्रशासनिक दण्ड जरिवाना र जफत बापतको रकम संकलन गरिएको हो । 

यातायात कार्यालय सुर्खेतबाट रु ११ करोड नौ लाख २० हजार ७३९ संकलन भएको छ । जुम्लाबाट रु ६५ लाख ४२ हजार ३१९ संकलन भएको जनाइएको छ ।

 त्यसैगरी चौरजहारीस्थित कार्यालयबाट ८३ लाख सात हजार ६०१ संकलन भएको प्रवक्ता सुवेदीले जानकारी दिए । प्रदेश सरकारले तीन ठाउँबाट सङ्कलन गरेको राजस्व हरेक महिना सार्वजनिक गर्दै आएको छ ।
 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  २ : २४ बजे

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा