रवि र बालेनलाई प्रचण्डको कटाक्ष : सहरमा हल्ला गरेर देशै कब्जा भइसकेको भ्रम छर्दैछन् « Khabarhub

रवि र बालेनलाई प्रचण्डको कटाक्ष : सहरमा हल्ला गरेर देशै कब्जा भइसकेको भ्रम छर्दैछन्


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहर बजारमा बस्ने मानिसहरूले सामाजिक सञ्जालमा हो-हल्ला गरेर जनताका मुक्तिदाता बन्न खोजेको बताएका छन् ।

दाहालले सहर बजारका मान्छेले जनताका मुक्तिदाता भएको भ्रम छर्न खोजिरहेको पनि जिकिर गरेका छन् ।

नेकपाको चुनाव चिह्न ‘तारा’अंकित झण्डासहित रुकुमपूर्वदेखि काठमाडौंसम्म पैदलै आइपुगेका केशव रावललाई सम्मान गर्न पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

दाहालले दशकौँ लडाइँ र तपस्याबाट विचारसहित आएका दलहरू सिद्धिसके भनेर हल्ला फैल्याइएको पनि जिकिर गरे ।

‘सोसल मिडिया हेर्दा सहर-बजारका मान्छेका हो-हल्ला सुन्दा विचारविहीन, इतिहासविहीन, त्याग, तपस्या, बलिदान र निष्ठाविहीनले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो छ’, उनले रवि लामिछाने, बालेन्द्र साह र कुलमान घिसिङतिर लक्षित गर्दै भने, ‘अरू पार्टी त सिद्धिसके भन्ने मात्रै छ । जसले दशकौँ लडाइँ गरेर त्याग, तपस्या विचार र निष्ठाका कीर्तिमान राखेका छन्, तिनैलाई बदमास र यिनको अब काम छैन भनिँदैछ । सोसल मिडियाबाट हो-हल्ला गर्ने नै मुक्तिदाता हुन् भनेर बजार र मोबाइल बोक्नेको हात-हातमा भ्रम पारिएको छ ।’

दाहालले आगामी दिनमा पार्टी र राष्ट्रिय एकता बलियो बनाउन शान्ति समृद्धि र समाजवादको यात्रालाई अझै सशक्त बनाउन संकल्प गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ३ : ५० बजे

यस्तो छ, समानुपातिकको बन्द सूची

काठमाडौं– निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त 

एजेन्सी– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की

नागरिकको सहयोगले जेन–जी आन्दोलनमा लुटिएका अधिकांश हतियार फिर्ता आइसके : आईजीपी कार्की

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको साथ र सहयोगका कारण

फ्लोरिडा वार्तापछि ट्रम्पलाई इजरायल शान्ति पुरस्कार दिने नेतान्याको घोषणा

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार फ्लोरिडामा दुई नेताहरू बिचको