संसद् पुनर्स्थापना टरेपछि फेरियो ओलीको बोली : एमालेले निर्वाचनबाटै राष्ट्रिय फैसला दिन्छ « Khabarhub

संसद् पुनर्स्थापना टरेपछि फेरियो ओलीको बोली : एमालेले निर्वाचनबाटै राष्ट्रिय फैसला दिन्छ


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अब फागुन २१ को निर्वाचनबाट राष्ट्रिय फैसला दिने दाबी गरेका छन्।

दलहरूले समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउँदै गर्दा उनले मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित मदनआश्रित स्मृति प्रतिष्ठानको विचार गोष्ठीलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

पार्टीको एघारौँ महाधिवेशन मंसिर २७ गतेदेखि पुस पहिलो सातासम्म गरिसकेकाले अब एमालेले आमनिर्वाचन पर्खिरहेको पनि ओलीले बताएका छन् । यसअघि उनी संसद् पुनर्स्थापनाको जोडबलमा थिए । उनकै जोडबलमा कांग्रेस र एमालेसहितका बहुमत सांसदले भदौ २७ मा भएको विघटनविरुद्ध सर्वोच्चमा रिट हालेका थिए ।

ओलीले निर्वाचन नभएसम्म कुन लोकप्रिय छ भन्ने चर्चा भइरहने बताए । ‘हामी चुनाव पर्खिरहेका छौँ। कहिले होला फागुन २१ मा होला, वैशाखमा होला वा अर्को मंसिरमा होला’, उनले भने, ‘हामी चुनाव पर्खिरहेका छौँ, चुनावबाटै हामी राष्ट्रिय फैसला दिने छौँ ।’

उनले एमाले महाधिवेशनबाट स्पष्ट सन्देश लिएर आफूहरू निर्वाचनमा होमिन लागेको पनि बताएका छन् । ओलीले एमाले हुञ्जेल लोकतन्त्रलाई कसैले पराजित गर्न नसक्ने पनि जिकिर गरे ।

उनले निर्वाचनको खेल मैदानमा रहेका खेलाडीहरूमध्ये उत्कृष्टले जित्ने पनि दाबी गरे । ओलीले सबैतिर एमाले देखेपछि विपक्षीहरू मिल्न लागिरहेको बताएका छन् ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ४ : १९ बजे

भक्तपुर–२ मा रास्वपा उम्मेदवार खत्री घरदैलोमा व्यस्त

भक्तपुर– भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

ईश्वर पोखरेलको तर्क : देश बनाउने सही पार्टी एमाले मात्रै हो

काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक

संविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव

भैरहवा– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान

इरानसँग युद्धको चर्चा चलिरहँदा अमेरिकाद्वारा मध्यपूर्वमा सी–१७ ग्लोबमास्टर-३ विमान परिचालन

काठमाडौं- इरानसँग युद्धको चर्चा चलिरहँदा अमेरिकाले मध्यपूर्वमा सी–१७ ग्लोबमास्टर ३