संसद् पुनर्स्थापना टरेपछि फेरियो ओलीको बोली : एमालेले निर्वाचनबाटै राष्ट्रिय फैसला दिन्छ « Khabarhub

संसद् पुनर्स्थापना टरेपछि फेरियो ओलीको बोली : एमालेले निर्वाचनबाटै राष्ट्रिय फैसला दिन्छ


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अब फागुन २१ को निर्वाचनबाट राष्ट्रिय फैसला दिने दाबी गरेका छन्।

दलहरूले समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउँदै गर्दा उनले मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित मदनआश्रित स्मृति प्रतिष्ठानको विचार गोष्ठीलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

पार्टीको एघारौँ महाधिवेशन मंसिर २७ गतेदेखि पुस पहिलो सातासम्म गरिसकेकाले अब एमालेले आमनिर्वाचन पर्खिरहेको पनि ओलीले बताएका छन् । यसअघि उनी संसद् पुनर्स्थापनाको जोडबलमा थिए । उनकै जोडबलमा कांग्रेस र एमालेसहितका बहुमत सांसदले भदौ २७ मा भएको विघटनविरुद्ध सर्वोच्चमा रिट हालेका थिए ।

ओलीले निर्वाचन नभएसम्म कुन लोकप्रिय छ भन्ने चर्चा भइरहने बताए । ‘हामी चुनाव पर्खिरहेका छौँ। कहिले होला फागुन २१ मा होला, वैशाखमा होला वा अर्को मंसिरमा होला’, उनले भने, ‘हामी चुनाव पर्खिरहेका छौँ, चुनावबाटै हामी राष्ट्रिय फैसला दिने छौँ ।’

उनले एमाले महाधिवेशनबाट स्पष्ट सन्देश लिएर आफूहरू निर्वाचनमा होमिन लागेको पनि बताएका छन् । ओलीले एमाले हुञ्जेल लोकतन्त्रलाई कसैले पराजित गर्न नसक्ने पनि जिकिर गरे ।

उनले निर्वाचनको खेल मैदानमा रहेका खेलाडीहरूमध्ये उत्कृष्टले जित्ने पनि दाबी गरे । ओलीले सबैतिर एमाले देखेपछि विपक्षीहरू मिल्न लागिरहेको बताएका छन् ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ४ : १९ बजे

ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

चन्द्रपुर– आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग

‘विकासका लागि सबै जिम्मेवार बन्नुपर्छ’

काठमाडौं– मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दललगायत सबै जिम्मेवार

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

रास्वपालाई यी १९ जिल्लाको भर, समानुपातिकमा ठूलो भूगोल छुट्दा पहिलो दल हुनै मुस्किल

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको

यस्तो छ, समानुपातिकको बन्द सूची

काठमाडौं– निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको