रास्वपाका समानुपातिक उम्मेदवार : पहिले दाइको पालो, अहिले भाइको पालो « Khabarhub

रास्वपाका समानुपातिक उम्मेदवार : पहिले दाइको पालो, अहिले भाइको पालो


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचनका गराउने भएपछि दलहरूले समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगलाई बुझाएका छन् ।

सोमबार अबेर राति रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाएको छ ।

रास्वपाले कलाकार र सामाजिक सञ्जालका चर्चित अनुहारहरूलाई समेटेर समानुपातिकतर्फ ११० उम्मेदवारको सूची तयार गरेको छ ।

रास्वपाले क्लस्टरतर्फ पहिलो नम्बरमा उसैले वाकलत गर्दै आएको मुद्दाविपरीत उम्मेदवार राखेको छ। त्यसरी राखेकामध्ये हुन्– कलाकार आशिफ शाह ।

रास्वपा नेताहरूले आफ्नो पार्टीलाई परिवारवाद, नातावाद र कृपावादबाट विमुख रहेको प्रस्तुत गरेर लोकप्रियता कमाउन खोजिरहेका छन् । यही कुरालाई प्रचारको मूल कडी बनाएको रास्वपाको मुद्दाविपरीत आशिफको उम्मेदवारी राखिएको देखिन्छ।

आशिफ मुस्लिम कलस्टरको पहिलो नम्बरमा छन् । उनी कपिलवस्तुबाट सिफारिस भएका छन् ।

स्मरण रहोस्– आशिफ रास्वपाका पूर्वसांसद अशिम शाहका भाइ हुन् । ०७९ को निर्वाचनमा उनी मुस्लिम कलस्टरबाटै रास्वपाको समानुपातिक उम्मेदवार बनेका थिए ।

पहिलो निर्वाचनमा ‘दाइ’ र पछिल्लो निर्वाचनमा ‘भाइ’ सामानुपातिक उम्मेदवार सिफारिस हुँदा रास्वपामा परिवारवाद हाबी भएको पुष्टि भएको छ।

अशिम तिनै व्यक्ति हुन्– जसको घरमा बालेन्द्र शाह र रविबीच पार्टी प्रवेशको पहिलो छलफल चलेको थियो । कमलपोखरीस्थित घरमा अघिल्लो आइतबार र सोमबार रात्रिकालिन छलफल गरिएको थियो ।

रविका निकट र विश्वास पात्र हुन्– अशिम । दुई निर्वाचनमा एकै घरका व्यक्ति समानुपातिकमा सिफारिस हुनु रास्वपाले व्याख्या गरेको कुरासँग मेल खाँदैन ।

अशिफको उम्मेदवारी समानुपातिक सांसदका लागि निर्धारित व्यवस्थाको मर्मसँग मिल्दैन । एलिट वर्गलाई संसद्मा पुर्‍याउन समानुपातिकको व्यवस्थाको दुरुपयोग भएको सभापति लामिछाने नै बारम्बर किटान गर्दै आएका छन् ।

फेरि उनकै दलबाट एलिट वर्गमा पर्ने आशिफ समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् । यसलाई असिमले बालेनलाई रास्वपामा प्रवेश गराउन खेलेको भूमिकाको ऋण भाइलाई उम्मेदवार बनाएर लामिछाने चुक्ता गरेका रुपमा हेरिएको छ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ४ : ३१ बजे

आणविक शक्ति थप सुदृढ पार्ने सङ्केत गर्दै किम जोङ उन पुनः वर्कर्स पार्टीको महासचिव चयन

प्योङयाङ- उत्तर कोरियाली नेता किम जोङ–उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा

भक्तपुर–२ मा रास्वपा उम्मेदवार खत्री घरदैलोमा व्यस्त

भक्तपुर– भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

ईश्वर पोखरेलको तर्क : देश बनाउने सही पार्टी एमाले मात्रै हो

काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक

संविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव

भैरहवा– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान