बालेन र रविमाथि एकसाथ खनिएका ओलीले गरे टोपबहादुरको बचाउ « Khabarhub

बालेन र रविमाथि एकसाथ खनिएका ओलीले गरे टोपबहादुरको बचाउ


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र साहमाथि एकसाथ खनिएका छन् ।

उनले मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित मदनआश्रित स्मृति प्रतिष्ठानको विचार गोष्ठीलाई सम्बोधनका क्रममा अहिले एकै पार्टीमा पुगेका दुईजनामाथि धावा बोलेका हुन् ।

उनले आगामी निर्वाचनमा बहुमत नेपाली कांग्रेस र एमालेकै आउने बताउँदै बालेन्द्र प्रधानमन्त्री बन्दै हिँड्छु भनेकोतर्फ कटाक्ष गरे ।

‘खै एकजना प्रधानमन्त्री हुने भन्दै हिँडिरहेका रहेछन् । तर बहुमत त कांग्रेस-एमालेले ल्याएर सरकार बनाउँदैछन्’, उनले बालेनतिर लक्षित गर्दै भने, ‘कांग्रेस-एमालेले बहुमत ल्याउँदा अनि अनि कसरी बन्ने रहेछन् उनी प्रधानममन्त्री ?’

ओलीले रास्वपा सभापति लामिछानेमाथि पनि आक्रोश पोखे । रवि झन्डै तीन करोड धरौटी बुझाएर सेटिङमा कारागारबाट छुटेको पनि उनले बताएका छन् ।

‘एकजना नेता तीन करोड धरौटीमा छुटेका भनिएको छ । तर सहर बजारमा सेटिङमा छुटाइएको भन्ने भएको छ’, उनले भने, ‘उनलाई ठूलै सेटिङमा छुटाएपछि अहिले देखिरहनु भएको छ, कसरी भाँडभैलो मच्चाउन खोजिएको छ।’

ओलीले रविलाई अदालतले सेटिङमा छुटाउँदा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई सम्बन्ध नै नभएको मुद्दामा फसाइएको बताए ।

‘कोही कोही आरोप पुष्टि हुँदा पनि सेटिङमा छुटेका छन् । तर हाम्रा नेता टोपबहादुर रायमाझीलाई फसाइएको छ’, उनले भने, ‘सम्बन्ध नै नभएका मुद्दा मामिलामा फसाएर रायमाझीलाई धरौटीमा छुट्न पनि दिइएको छैन ।’

उनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई सो-कल्डको संज्ञा दिए । उक्त आयोगमा आफ्नो कार्यकालका गृहमन्त्री रमेश लेखकले बयान दिएको भन्दै ओलीले रोष प्रकट गरे ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ४ : ४२ बजे

आणविक शक्ति थप सुदृढ पार्ने सङ्केत गर्दै किम जोङ उन पुनः वर्कर्स पार्टीको महासचिव चयन

प्योङयाङ- उत्तर कोरियाली नेता किम जोङ–उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा

भक्तपुर–२ मा रास्वपा उम्मेदवार खत्री घरदैलोमा व्यस्त

भक्तपुर– भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी

ईश्वर पोखरेलको तर्क : देश बनाउने सही पार्टी एमाले मात्रै हो

काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक

संविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव

भैरहवा– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान