बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त  « Khabarhub

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त 


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष खालिदा जियाको निधनमा चीनले गहिरो शोक व्यक्त गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मंगलबार बताएका छन् ।

प्रवक्ता जियानले बंगलादेशको अन्तरिम सरकार र उनको परिवार प्रति चीनले गहिरो सहानुभूति व्यक्त गरेको पनि बताएका छन् । 

मिडिया रिपोर्टका अनुसार मंगलबार खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको हो ।

जिया चिनियाँ जनताको पुरानो मित्रका रुपमा लामो समयदेखि चीन–मंगलबार मित्रताका लागि प्रतिबद्ध रहेको लिनले बताएका छन् ।  

बङ्गलादेशको प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा जियाले चीन–बङ्गलादेश सम्बन्ध विकास गर्न सक्रिय प्रयास गरेको र दुई देशले दीर्घकालीन मित्रता, समानता र आपसी साझेदारी स्थापना गरेकोसमेत लिनले बताएका छन् ।
  
‘चीन–बंगलादेश मैत्री प्रवर्द्धन र द्विपक्षीय सम्बन्धको विकासमा उनको महत्त्वपूर्ण योगदानलाई सदाका लागि स्मरण गरिने लिनले  उल्लेख गरेका छन् । 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ५ : २४ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.