राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा « Khabarhub

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि सभाको समानुपातिक शीर्षसूचीमा समावेश भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जुम्लाबाट दलित समुदायका दुई जनालाई समानुपातिक सूचीको शीर्ष तहमा राखेपछि यसलाई समावेशी राजनीति र सामाजिक न्यायतर्फको उपलब्धिका रूपमा हेरिएको छ।

दलित समुदायबाट बिपना नेपाली पिछडिएको वर्गअन्तर्गत महिला क्लस्टरको शीर्ष स्थानमा पिक्षे महिला १ नम्बरमा समावेश भएकी छन्। ।

यस्तै, दलित पुरुष क्लस्टरअन्तर्गत बल बहादुर बस्याल पानसय दराबाट समानुपातिक सूचीमा परेका छन्। लामो समयदेखि राज्यका निर्णयकारी तहमा न्यून प्रतिनिधित्व भोग्दै आएको दलित समुदायका लागि यो अवसर आशा, भरोसा र राजनीतिक सशक्तीकरणको प्रतीक बनेको स्थानीयको भनाइ छ।

समानुपातिक निर्वाचन प्रणालीको मर्मअनुसार गरिएको यस छनोटले लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने र जुम्लाको विविध सामाजिक संरचना तथा समुदायको आवाज संघीय संसदसम्म पुर्‍याउने अपेक्षा गरिएको छ।

स्थानीय तहमा समेत यस निर्णयलाई सकारात्मक रूपमा लिइएको छ। राप्रपाले सार्वजनिक गरेको जुम्ला जिल्लाको प्रतिनिधि सभाको समानुपातिक सूचीमा दलित महिलातर्फ बिपना नेपाली (असी दरा), खसआर्य पुरुषतर्फ जयन्त महत (बजार क्षेत्र), खसआर्य महिलातर्फ कमला कुमारी बोहरा बिष्ट (चौधबीस दरा) र दलित पुरुषतर्फ बल बहादुर बस्याल (पानसय दरा) रहेका छन्।

उक्त सूचीले दलित, महिला र खसआर्य समुदायबीच सन्तुलित प्रतिनिधित्व कायम गर्दै जुम्लाका विभिन्न भूगोल र वर्गको सहभागिता सुनिश्चित गरेको राप्रपाको दाबी छ। समावेशिता, समान अधिकार र सामाजिक न्यायलाई व्यवहारमा उतार्ने दिशामा यो कदमले जुम्लामा सकारात्मक राजनीतिक सन्देश प्रवाह गरेको पार्टीले जनाएको छ।

प्रतिनिधि सभामा पुगेर जनताको आवाज सशक्त रूपमा उठाउने, हक–अधिकार र विकासका मुद्दालाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने अपेक्षासहित सूची सार्वजनिक गरिएको राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन्।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १० : २७ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर