वाइडेन र ओबामाले कम दक्ष कन्ट्रोलर नियुक्त गर्दा विमान दुर्घटना भएको ट्रम्पको आरोप « Khabarhub

वाइडेन र ओबामाले कम दक्ष कन्ट्रोलर नियुक्त गर्दा विमान दुर्घटना भएको ट्रम्पको आरोप

विमान दुर्घटनापछि आक्रामक ट्रम्प


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनको आकाशमा भएको अमेरिकी सैन्य हेलिकप्टर र कमर्सियल विमान दुर्घटनापछि डेमोक्र्याटमाथि आक्रोश पोखेका छन्।

दुर्घटनापछि उनले पूर्व डेमोक्र्याट राष्ट्रपति बाराक ओबामा र जो बाइडेनमाथि आक्रोश पोखेका हुन्। राष्ट्रपति ट्रम्पले ओबामा र बाइडेन कार्यकालमा नागरिक उड्डयन प्रशासनमा कम दक्ष कन्ट्रोलर नियुक्त गरेका कारण दुर्घटना भएको आरोप लगाएका हुन्।

बिहीबार ह्वाइट हाउसका पत्रकारको अगाडि बोल्ने क्रममा ट्रम्प लगायत सबै रिपप्लीकहरु डेमोक्र्याट प्रति आक्रामक थिए। डेमाक्र्याट कार्यकालमा अमेरिकालाई विभाजित गरेर शासन गर्न खोजिएको समेत उनले आरोप लगाएका छन्।

रिपब्लिक वक्ताले लगातार डाइभर्सिटी, इक्विलीटी र इन्क्लुसन कार्यक्रममाथि प्रहार गरे। ट्रम्पले बाइडेन प्रशासन र यातायातमन्त्री पिट बुटीजेगमाथि आक्रामक हुँदै प्रशासनलाई तल्लो तहमा लगेको आरोप लगाए।

बुटीजेगले भने ट्रम्पको अभिव्यक्तिलाई घृणा योग्य भनेका छन्। सिनेटका डेमोक्र्याट नेता चुक स्कुरमले पनि ट्रम्पको अभिव्यक्तिको आलोचना गरेका छन्।

अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमान अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनामा २८ जनाको शव भेटिएको छ। ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार विमानसँग सेनाको हेलिकप्टर ठोक्किएको हो।

दुर्घटनामा परेको मेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरमा अमेरिकी सेनाका तीन सैनिक सवार थिए।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ७ : २३ बजे

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी

गोरखामा मरुवा सङ्क्रमणका कारण चैते धानमा क्षति

गोरखा – गोरखामा व्यावसायिक रूपमा लगाइएको चैतेधानमा मरुवा रोगको सङक्रमण

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु