नेता सिटौलाको आग्रह- सत्तामा रहँदा एउटा र प्रतिपक्षीमा हुँदा अर्को कुरा नगरौँ « Khabarhub

नेता सिटौलाको आग्रह- सत्तामा रहँदा एउटा र प्रतिपक्षीमा हुँदा अर्को कुरा नगरौँ


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सत्तामा रहँदा एउटा कुरा र प्रतिपक्षीमा रहँदा अर्को कुरा नगर्न आग्रह गरेका छन् ।  

शुक्रबारबाट सुरु राष्ट्रियसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले सबैले आफूले गरेको कामको मूल्याङ्कन र समीक्षा गर्नुपर्ने भन्दै सत्तामा रहँदा एउटा कुरा र प्रतिपक्षीमा रहँदा अर्को कुरा गर्नु उचित नभएको बताएका हुन् ।

उनले सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्न सक्ने धारणा राखे
। 

नेता सिटौलाले देश बनाउने जिम्मा पाउँदा देश र जनताको हितमा गरेको काम जनतालाई भन्न सक्ने गरि हिसाबकिताब राख्न सक्नुपर्ने बताए । उनले मुलुकलाई अघि बढाउनका लागि एकताबद्ध भएर हिँड्न सक्नुपर्नेमा जोड दिए ।  

नेता सिटौलाले अझै पनि सबैको समग्र मानसिकता सङ्घीयताबमोजिम अधिकारको विकेन्द्रीकरण हुन नसकेको बताए  । 

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : १८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा