माधव नेपालप्रति योगेशको कटाक्ष : जुन पार्टी अध्यादेशबाट जन्मियो, उही अहिले ठिक छैन भन्दैछ « Khabarhub

माधव नेपालप्रति योगेशको कटाक्ष : जुन पार्टी अध्यादेशबाट जन्मियो, उही अहिले ठिक छैन भन्दैछ


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीप्रति कटाक्ष गरेका छन् ।

अध्यादेशबाट जन्मिएको पार्टी भन्दै उनले त्यही पार्टीले अध्यादेश ठिक छैन भन्दै हिँडेको बताए । ‘२०७८ सालमा १६ वटा अध्यादेश आएका रहेछन्, त्यति बेला त एमाले सरकारमा थिएन, त्यो बेला एमाले पार्टी नै फुटाइयो,’ उनले भने, ‘जुन अध्यादेशबाट पार्टी जन्मियो, त्यही पार्टी अध्यादेश ठिक छैन भन्छ। के हुन लागेको यो अचम्मै हुँदै छ नेपालमा।’

उनले केपी ओलीले मात्रै अध्यादेश ल्याएको पुष्पकमल दाहालको पालामा समेत अध्यादेश आएको स्मरण गरे।

उनले अध्यादेशका प्रावधान रहेको भन्दै उनले सरकारलाई संवैधानिक तरिकाले चलाउन अध्यादेश चाहिने बताए। उनले अध्यादेशका कन्टेन्टमा असहमति भए प्रतिस्थापन विधेयक ल्याउन दाहाललाई सुझाव दिए।

‘प्रतिस्थापन विधेयक तपाईँकै नामबाट आओस्, छलफल गर्न तयार छौँ,’ उनले भने।

सरकारले सुकुम्वासी समस्यादेखि उद्योगी व्यवसायीका समस्या समाधान गर्न अध्यादेश ल्याएको भन्दै आवश्यक छलफल गरेर पारित गर्नुपर्नेमा जोड दिए। उनले सरकारले ल्याएका सबै अध्यादेशको बचाउ गरेका थिए।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ३० बजे

फागुन २१ मा निर्वाचन नभए देश दुर्घटनातर्फ जान्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनले

प्रभासको ‘द राजा साब’को दोस्रो गीत ‘सहाना सहाना’ सार्वजनिक

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार प्रभासको आगामी फिल्म ‘द राजा साब’को

रवि लामिछानेलाई छाड्न अदालतका यी हुन् ४ शर्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई छाड्नको लागि

डा. बद्री रिजालले ट्रमा सेन्टरको मेडिकल प्रमुखबाट राजीनामा दिए

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल प्रमुख सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री

इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

एजेन्सी– इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा