पाथीभरा केबलकार प्रकरण संसद्‌मा, ‘सरकारले ठीक गरेन’ « Khabarhub

पाथीभरा केबलकार प्रकरण संसद्‌मा, ‘सरकारले ठीक गरेन’


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ताप्लेजुङको पाथीभरा-मुक्कुम्लुङमा केबलकार जडान प्रकरणमा भएको दमनबारे संसद्‌ बैठकमा सवाल उठेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले केबलकार निर्माण विरोधमा प्रदर्शन गरेका स्थानीयबासीमाथि माघ १२ गते भएको प्रहरी कारबाहीप्रति आपत्ति जनाएका हुन्‌ ।

’हालै पाथीभरा केबलकारको विषयवस्तु् आएको छ, त्यहाँ सरकारले दमन गरेको छ’, पाण्डेले भने, यस्ता समस्या आउँदा बसेर छलफल गरेर समस्याको समाधान गर्ने र सबैलाई लिएर सबैलाई लिएर संस्कृति, हाम्रा परम्परा यी जम्मै कुराको संरक्षण गरेर अघि बढ्नुपर्ने ठाउँमा सरकार त प्रहरी प्रशासनको प्रयोग गरिरहेको छ ।’

सरकारको कदम बेठिक भएको बताउँदै पाण्डेले छलफल गरेर समस्या समाधान गर्नेगरी हल निकाल्न सरकारलाई सुझाए ।

‘नो केबलकार समूह’ र प्रहरीबीच यही माघ १२ गते भएको झडपका २४ जनाभन्दा बढी घाइते भएका थिए ।

सम्बन्धित समाचारः

केबलकारले ताप्लेजुङमा बढ्दो तनाव : प्रदर्शनकारी घरेलु हतियारसहित उत्रिए, प्रहरीले गोली चलायो

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ३३ बजे

फागुन २१ मा निर्वाचन नभए देश दुर्घटनातर्फ जान्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनले

प्रभासको ‘द राजा साब’को दोस्रो गीत ‘सहाना सहाना’ सार्वजनिक

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार प्रभासको आगामी फिल्म ‘द राजा साब’को

रवि लामिछानेलाई छाड्न अदालतका यी हुन् ४ शर्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई छाड्नको लागि

डा. बद्री रिजालले ट्रमा सेन्टरको मेडिकल प्रमुखबाट राजीनामा दिए

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल प्रमुख सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री

इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

एजेन्सी– इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा