सरकारलाई माओवादीले सोध्यो- संविधान संशोधनको विषय कहाँ हरायो ? « Khabarhub

सरकारलाई माओवादीले सोध्यो- संविधान संशोधनको विषय कहाँ हरायो ?


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले सत्तापक्षीय दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई संविधान संशोधनको विषयबारे प्रश्न गरेको छ ।

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सम्बोधन गर्दै शुक्रबार माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सत्तारूढ कांग्रेस–एमालेलाई संविधान संशोधनको एजेन्डाबारे प्रश्न सोधेका हुन् ।

‘सरकारले संविधान संशोधनको विषय ल्यायो तर, त्यो कता हरायो ?,’ पाण्डले प्रश्न गरे । गत असार १७ गते राति कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमति पत्रमा उल्लिखत संविधान संशोधनको एजेन्डा अघि नबढेपछि माओवादी केन्द्रले प्रश्न गरेको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउने गरेर समग्रतामा अगाडि बढ्नु पर्नेमा जोड दिए ।

‘म के अनुरोध गर्दछु सरकारलाई भने, हामीले जनतालाई हेरेर मुखले बोलेर होइन, व्यवहारमा काम गरेर सँगसँगै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउने गरेर समग्रतामा अगाडि बढौँ,’ उनले भने, ‘यो अधिवेशन त्यसका लागि सफल रहने छ ।’

प्रमुख सचेतक पाण्डेले संविधान संशोधनका लागि सरकारले ल्याएका सकारात्मक विषयवस्तुमा सहयोग गर्ने र गलत विषयवस्तुमा प्रतिवाद गर्ने पनि प्रष्ट पारे ।

‘म हाम्रोतर्फबाट सकारात्मक रुपमा सरकारले ल्याएका विषय वस्तुहरूलाई सहयोग गर्ने, गलत विषय वस्तुहरूबारे प्रतिवाद गरेर अगाडि बढ्ने, जनताको साथमा रहने, जनतातिर फर्किरहने आफ्नो धारणा राख्दै भनाइलाई अन्त्य गर्दछु,’ पाण्डेले भने ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ४२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा