विपन्न परिवारलाई निःशुल्क खानेपानी र बिजुली « Khabarhub

विपन्न परिवारलाई निःशुल्क खानेपानी र बिजुली


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिका–२ ले आफ्ना वडाका विपन्न परिवारका घरमा शुद्ध खानेपानी र बिजुली बत्ती निःशुल्क जडान गरिदिएको छ । 

वडाका अति विपन्न परिवारको पहिचान गरी बत्ती र खानेपानीको धारा निःशुल्क रूपमा जडान गरिरहेको वडाध्यक्ष दीपक बरालले बताए  । 

उनले वडाले गत वर्षदेखि विपन्नको घरमा टिनको छाना लगाइदिने र बत्ती पानी जडानका लागि बजेट नै विनियोजन गर्दै आएको बताए  । 

उनले भने, ‘स्वस्थ रहनका लागि खानेपानी खान पाउनु सबैको अधिकार हो, त्यही उद्देश्यले खर्च गरेर धारा जडान र बत्ती बाल्न नसक्नेका लागि काम गरिरहेका छौँ ।’

उनले वडाले चालु आर्थिक वर्षमा विपन्न परिवारको घरको छाना फेर्ने, खानेपानीको धारा जडान गर्ने र बिजुली बत्तीका लागि दुई लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन गरेको बताए  । 

आर्थिक अवस्थाका कारण खानेपानीको धारा जडान गर्न नसकेका ३० घरपरिवारको वडाले निःशुल्क रूपमा धारा जडान गरिरहेको वडाध्यक्ष बरालले बताए  । 

प्रतिघरमा दश हजार ५०० रुपैयाँ खर्च गरेर धारा जडान गर्ने काम भइरहेको उनको भनाइ छ । दुई वर्षअघि निर्वाचित बनेर आएका जनप्रतिनिधिको पहलमा वडाका सबै स्थानमा खानेपानी र बिजुलीबत्तीको पहुँच पुगेको छ । 

शंकर टोलकी ६१ वर्षीया बुद्धमाया दर्जीले भनिन्, ‘वडाध्यक्ष हाम्रो भगवान् जस्तै बनेर आउनुभएको छ, घर चुहियो भने टिन फेरिदिनुहुन्छ, पानीको धारा र बत्ती पनि निःशुल्क दिनुभयो ।’ 

अध्यक्ष बरालले वडामा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकले पाउँदै आएको सुरक्षाभत्ता समेत घरघरमा पुर्‍याइदिने व्यवस्था मिलाइदिएको बताए । 

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : ५१ बजे

फागुन २१ मा निर्वाचन नभए देश दुर्घटनातर्फ जान्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनले

प्रभासको ‘द राजा साब’को दोस्रो गीत ‘सहाना सहाना’ सार्वजनिक

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार प्रभासको आगामी फिल्म ‘द राजा साब’को

रवि लामिछानेलाई छाड्न अदालतका यी हुन् ४ शर्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई छाड्नको लागि

डा. बद्री रिजालले ट्रमा सेन्टरको मेडिकल प्रमुखबाट राजीनामा दिए

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल प्रमुख सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री

इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या

एजेन्सी– इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडाको बुधबार बन्दरगाह सहर ग्वायाकिलमा