केही काम देखाउन नसकेपछि सरकारले अध्यादेशको सहारा लियो : राजेन्द्र पाण्डे | Khabarhub Khabarhub

केही काम देखाउन नसकेपछि सरकारले अध्यादेशको सहारा लियो : राजेन्द्र पाण्डे


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले ६ महिनाको अवधिमा देखाउने कुनै राम्रा काम नभएपछि सरकारले अध्यादेश ल्याएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमा शुक्रबार सम्बोधनका क्रममा वरिष्ठ उपाध्यक्ष पाण्डेले कांग्रेस–एमाले सरकार गठनको ६ महिना पुगिसक्दा पनि देखाउने राम्रो काम नभएपछि अध्यादेश ल्याइएको टिप्पणी गरेका हुन् ।

‘दुईवटा ठूला पार्टीले सम्झौता गरेर सरकार बनाएका छन् । यसबीचमा देखाउनलायक केही कामहरू भएन । ६ महिनाबीचमा केही काम राम्रोसँग देखाउन सकिएन,’ पाण्डेले भने, ‘अध्यादेशबाट हामीले धेरै कुराको ढोका खोल्यौँ भन्न पनि यस्तो गर्नु पर्‍यो ।’

उनले सरकारलाई अध्यादेश ल्याउन पाउने संवैधानिक व्यवस्था गरिएको स्मरण गर्दै अधिवेशन सुरु हुनै लाग्दा अध्यादेश ल्याउनुको कारणबारे पनि प्रश्न गरे ।
‘अध्यादेश सरकारले ल्याउनै पाउँदैन भन्ने होइन, ल्याउन सक्छ । दुईवटा अधिवेशनबीचमा विशेष आवश्यकता पर्‍यो भने ल्याउनकै लागि यो संवैधानिक व्यवस्था गरिएको हो,’ पाण्डेले भने, ‘तर, सरकारले अब केही दिनभित्रै अधिवेशन सुरु हुने बुझेर पनि हतार हतारमा किन ल्याउनु पर्‍यो ?’

उनले सांसदहरूलाई पार्टीभित्रै पनि बाध्यकारी अवस्था सिर्जना गरेर अध्यादेश पारित गर्नुपर्ने, अध्यादेशबारे छलफल गर्ने ठाउँ नै छैन भन्ने अवस्था सत्तारुढ दलहरूले ल्याएको टिप्पणी पनि गरे ।

‘अध्यादेश ल्याउने अहिलेको जुन ट्रेन्ड छ, यो ट्रेन्डले के गर्छ त भन्दा सांसदहरूलाई पार्टीभित्रै पनि बाध्यकारी सिर्जना गरेर यो अध्यादेश पारित गर्नुपर्छ, अर्को उपाय छैन, यसमा खेल्ने ठाउँ छैन, यसमा छलफल गर्ने ठाउँ छैन भन्ने ढंगले जाने स्थिति देखिन्छ,’ पाण्डेले भने, ‘अध्यादेशको ट्रेन्ड नै त्यही हो ।’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ४ : १८ बजे

सुनसरीमा पोखरीमा डुबेर एकजनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–१८ डकाहास्थित पोखरीमा डुबेर स्थानीय ४८

विचित्रको दृश्य : मन्त्री पदमै छन् तर झण्डावाला गाडी छैन, कहाँ बस्ने चिन्ताले संसद् जाँदैनन्

काठमाडौं- संघीय सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिएसँगै

नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् : सभापति देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक

वनपैदावारको आयस्रोत खोइ ?

जैविक रूपमा धनी देशहरू मध्ये नेपाल एक हो । ४५