संवैधानिक प्रावधानअन्तर्गत नै सरकारले अध्यादेश ल्याएको हो : सीके राउत « Khabarhub

संवैधानिक प्रावधानअन्तर्गत नै सरकारले अध्यादेश ल्याएको हो : सीके राउत


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संवैधानिक प्रावधान अन्तर्गत नै सरकारले अध्यादेशहरू ल्याएको बताएका छन् । 

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो दिनको बैठकमा बोल्ने क्रममा उनले सरकारले अध्यादेश ल्याउँदैमा डराई हाल्नु नपर्ने पनि बताए । 

‘अध्यादेश ल्याउने बित्तिकै कार्यान्वयन गरेर केही उथलपुथल गरिहाल्नुभएको छैन । त्यसैले अध्यादेश ल्याउने बित्तिकै एकदम डराई हाल्नुपर्ने अवस्था छैन,’ अध्यक्ष राउतले भने, ‘यो संवैधानिक प्रावधान अन्तर्गतै अध्यादेशहरू ल्याइएका हुन् । त्यसलाई हामी स्वागत नै गर्छौँ । कमसेकम केही काम त भयो ।’

उनले सरकारले अझै अध्यादेश ल्याए पनि जनमत पार्टीका लागि आपत्तिको विषय नभएको समेत बताए । ‘सरकारले अध्यादेश ल्यायो । म त्यसलाई अन्यथा लिन्न । म भन्छु अझ बढी अध्यादेश ल्याए पनि हुन्थ्यो,’ राउतले भने, ‘कमसेकम देखाउनलाई त हुन्थ्यो, यति यति होमवर्क भइराखेको थियो भनेर । किनकि अध्यादेश ल्याउने बित्तिकै कार्यान्वयन गरेर केही उथलपुथल गरिहाल्नुभएको छैन ।’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ४ : ५४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा