विष्णुमाथि एलिनाको आरोप- मेरो चरित्रमा शंका गर्दै अनेक लाञ्छना लगाउँथे « Khabarhub

विष्णुमाथि एलिनाको आरोप- मेरो चरित्रमा शंका गर्दै अनेक लाञ्छना लगाउँथे

एलिनाले अशं र माना-चामल केही नलिने


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समयकी चर्चित गायिक एलिना चौहानले अस्ट्रेलियामा बस्दै आएका पति विष्णु सापकोटाविरुद्ध सम्बन्धविच्छेदको मुद्दा हालेकी छन् ।

लामो समय विष्णुसँग प्रेममा रहेर गत वैशाख ५ गते विवाह बन्धनमा बाँधिएकी एलिनाले पहिलो पटक आफूमाथि विष्णुले हिंसा गरेको कुरा खुलाएकी हुन् ।

शुक्रबार वारेस विष्णु खरेलमार्फत काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्दै एलिनाले आफूमाथि हिंसा भएको बताएकी हुन् ।

‘म कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नु पर्ने हुन्थ्यो । तर विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्‍याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो’, उनले सम्बन्धविच्छेदको मुद्दासम्बन्धी निवेदनमा भनेकी छन्, ‘बिहे गरेर म अस्ट्रेलिया गएकी थिएँ । त्यस्तैमा तीन महिनाको अस्ट्रेलिया बसाइपछि म नेपाल फर्किएँ । नेपाल फर्किएपछि पनि कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा ब्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका-उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा…।’

उनले विपक्षी भनिएका पतिले राम्रो व्यवहार नगरेकैले सम्बन्ध सुमधुर नहुँदा छुट्टिने निर्णय गरेको उल्लेख गरेकी छन् । ‘…हामी दुईबीको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने देखेर म फिरादी र विपक्षी पतिबीच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहनु बस्नुभन्दा मुलुकी देवानी कार्यविधि संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्धविच्छेद गरी स्वतन्त्र भई आ-आफ्नो जीवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश-माना, चामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु ।’

उनले विपक्षी भनिएका विष्णुलाई अदालतमा झिकाई कायम रहेको पति-पत्नीको नाता सम्बन्ध विच्छेद गराउन पनि माग गरेकी छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ४ : ५७ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ