प्रधानमन्त्री ज्यू जनताले नेपालमा भविष्य देख्न छाडे : प्रभु शाह  « Khabarhub

प्रधानमन्त्री ज्यू जनताले नेपालमा भविष्य देख्न छाडे : प्रभु शाह 


१८ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले प्रधानमन्त्री मुछिएका काण्डका फाइलहरू किन गुपचुप भएको भनेर प्रश्न गरेका छन् । 

उनले ह्वाइवणी काण्ड, गिरीबन्धु टी स्टेटबारे सरकारले जवाफ दिन फाइलहरू अगाडि बढाउनुपर्ने बताए । 

प्रतिनिधि सभा सांसद समेत रहेका शाहले सरकारको काम आफूहरूले नाङ्गो आँखाले हेरिरहेको बताए । उनले देशको इमेजलाई माथि राख्न आग्रह गरे । 

‘नेपाली जनताले नेपालमा भविष्य देख्न छाडे प्रधानमन्त्री ज्यू । नेपाल निराश भएको छ । संसद् किन ढिलो बोलाउनुभयो ? संसद्मा छलफल भएको विधेयक किन अध्यादेशबाट ल्याउनुभयो ? उनले भने, ‘प्रहरी र निजामती ऐन रोकेर बस्नुभयो । मौलिक हक ल्याउनुभएन । तपाई साँच्नै संविधानप्रति उत्तरदायी भए खै त कार्यान्वयन गरेको ? सांसदलाई पङ्गु बनाउने ?’ 

उनले सांसद र जनप्रतिनिधिलाई सरकारले कालिन्दा बनाएको बताए । उनले भूमि अध्यादेशले को खुसी छ भन्दै प्रश्न समेत गरे ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ५ : ५२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा